हिंसा गर्न श्रीमान नै अग्रसर


प्रकाशित मिति :2018-05-22 12:30:22

–महिला खबर–

ओखलढुंगा । दुख सुख सँगै काट्ने वाचा कसमसहित विवाह गरेको जीवन साथी हिंस्रक बने पछि न्यायका लागि श्रीमतीहरू प्रहरीमा पुग्न थालेका छन् ।

जिल्लामा घरेलु हिंसा पीडित भएर प्रहरीमा उजुरी गर्न आउने अधिकांश महिला श्रीमानबाटै पीडित छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगा अन्र्तगत महिला तथा बालबालिका सेवा केन्द्रमा हिंसा पीडित भएर उजुरी गर्न आएका अधिकांश महिला श्रीमानबाट पीडित भएर आउने गरेका छन् ।

प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सेवा केन्द्रमा १३ वटा घरेलु हिंसा पीडित महिलाहरूले कानुनी उपचारका लागि निवेदन दिएकोमा १२ जना श्रीमानबाटै पीडित भएको उल्लेख छ । एक जना महिलाले देवरबाट पीडित भएर उजुरी गरेकी छन् ।

सबैजसो पीडितहरूले श्रीमानबाटै पीडित भएको उजुरी दर्ता गरेका सेवा केन्द्रका प्रमुख दशरथ चौधरीले बताए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी अनन्तराम शर्माले अधिकांश उजुरीहरू अनुसन्धान गर्दा पुरुषहरूले मादक पर्दाथ सेवन गरेर श्रीमतीमाथि हिंसा र कुटपिट गर्ने गरेको पाइएको जानकारी दिए ।

उनले चेतनाको अभाव र महिलालाई मान्छे नगन्ने सोच भएका व्यक्तिबाट महिलामाथि हिंसा हुने गरेको बताए ।

जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष ०७२\०७३ मा १८ र ०७३\०७४ मा २८ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: