बालिका बलात्कार गरेको आरोपमा पक्राउ


प्रकाशित मिति :2018-05-22 12:37:38

–महिला खबर–

पाँचथर । बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका ४ का २२ वर्षीय मनोज लिम्बू रहेका छन् । उनलाई जेठ ४ गते प्रहरीले गिरफ्तार गरेको हो ।

१५ वर्षीया एक बालिकालाई वैशाख ३० गते बलात्कार गरेको उजुरी दर्ता भएकै दिन आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले जानकारी दिए ।

बालिकाको जेठ ३ गते जिल्ला अस्पताल पाँचथरमा स्वास्थ्य परीक्षण तथा उपचार गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: