संयुक्त पुर्जा बनाउँदाको खुसी


प्रकाशित मिति :2018-05-22 13:15:12

–शिव ढुंगाना–
ओखलढुंगा । महिलालाई पनि सम्पतिको मालिक बनाउने उद्देश्यले शुरु गरिएको संयुक्त पुर्जा अभियान ओखलढुंगामा प्रभावकारी बनिरहेको छ ।

एक्लैको नाममा रहेको सम्पति सगोलमा राख्दा सम्पतिको सुरक्षा पनि हुने र अपनत्वबोध पनि हुने भए पछि जिल्लामा सगोलमा लालपुर्जा राख्ने जोडी बढ्न थालेका छन् ।

एउटैको नाममा रहेको सम्पति संगोलमा राखे पछि एक अर्काप्रतिको विश्वास र सम्मान समेत बढेको संगोलमा लालपुर्जा राखेका जोडीहरुको भनाइ छ ।

सम्पतिमा अधिकार नभएका महिलाहरु हिंसाबाट बढी पीडित भएको पाइए पछि अचल सम्पतिमा सगोलनामा र संयुक्त पुर्जा बनाउने अभियान थालिएको हो ।

जिल्ला भूमि अधिकार मञ्चको अगुवाइमा थालिएको संयुक्त पुर्जा वितरण र सगोलनामाको अभियानले सार्थकता पाउदै गएको छ ।

अभियान अन्तरगत मञ्चको अगुवाइमा हालसम्म ७ सय २ दम्पतिले सम्पतिमा सगोलनामा तथा संयुक्त पुर्जा बनाएका छन् । मोलुंग गाउँपालिका र सुनकोसी गाउँपालिकाका विभिन्न वडाहरुमा योे अभियान संचालन भइरहेको छ ।

अभियानमा जिल्ला मालपोत कार्यालय, नापी कार्यालय तथा अधिकारको क्षेत्रमा क्रियाशील संस्थाहरुले सहयोग गरेको अधिकारकर्मी तथा जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष अमृत बस्नेतले बताए ।

पुरुषको नाममा मात्रै एकलौटी घर जग्गा हुँदा जुवा–तास, जाँडरक्सी खाएर कुटपिट गर्ने, झै–झगडाका कारण परिवार बिचल्लीमा पर्ने समस्या देखिएको भन्दै अध्यक्ष बस्नेतले अचल सम्पति श्रीमान र श्रीमती दुवैको नाममा हुँदा सुरक्षित हुने भएकाले यो अभियान थालिएको बताए ।

संयुक्त लालपुर्जा हुँदा परिवारमा आपसी समझदारी बिना जग्गा सम्बन्धीका केही कारोबार नहुने भए पछि आफू संयुक्त पुर्जा लिँदा ढुक्क भएको मोलुंग ६ हर्कपुरका हिरा खत्रीले बताइन् । उनले घरजग्गा सगोलनामा गरेकी छन् ।

सयुक्त लालपुर्जा बनाएपछि जग्गाको बारेमा दुवै जनालाई स्वामित्व र परिवारप्रति थप जिम्मेवारी बढेको महशुस भएको संयुक्त पुर्जा बनाएका दम्पति पुर्ण दर्जी र कुमारी दर्जीले बताए ।

‘सम्पतिमा श्रीमान जस्तै श्रीमतीको पनि हुक हुन्छ नि । तर अहिलेसम्म मेरो नाममा मात्रै सम्पति थियो । अब हामी दुवै मालिक भयौं । म एकदम खुसी छु’ संयुक्त लालपुर्जा बनाए पछि पुर्ण दर्जीले महिला खबरसँग भने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: