साउदीमा महिला अधिकारकर्मी गिरफ्तार


प्रकाशित मिति :2018-05-23 12:00:01

ललितपुर । साउदी अरबमा सरकारी अधिकारीहरुले कयौं अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको आरोप ह्यूमन राईट्स वाच र सेन्टर फर ह्यूमन राईट्सले लगाएका छन् । सन् २०१५ को मे महिनादेखि यता सउदी अरबमा ७ जाना महिला अधिकारकर्मिहरुलाई सरकारी अधिकारिहरुले गिरफ्तार गरेको ह्यूमन राईट्स वाचले जनाएको छ ।

ती अधिकारकर्मी महिलाहरुले साउदीमा सवारी चालक बन्न महिलाहरु माथि लगाईएको प्रतिबन्धका विरुद्धमा र पुरुषले गर्ने सुरक्षा पद्धतिका विरुद्ध लामो समयदेखि पैरवी गर्दै आएका छन् ।

‘साउदीका राजकुमार मोहम्मद बिन सल्मानको ‘सुधार अभियान’ नै आम अभियन्ताका लागि डरको विषय बनेको थियो । त्यसैले त कसैले पनि मानव अधिकार तथा महिला सशक्तिकरणको लागि सार्वजनिक रुपमा पैरवी गर्ने सहास गर्दैनथे ।’ एचआरडब्लु मध्यपूर्वकी निर्देशक, सारा ली विट्सनले भनिन् ।

उनले थपिन, ‘सन्देश त प्रस्टै छ । यदि कसैले राजकुमारको अभियानको खिलापमा काम या कुरा मात्रै ग¥यो भने पनि जेल जानु परिहाल्थ्यो ।’

गिरफ्तार गरिएका महिला अधिकारकर्मिहरु मध्ये एमान अल–नाफ्जान, एक साउदी ब्लगर र लुजान अल–हाथलुल, यसअघि पनि गिरफ्तारमा परेका थिए । उनीहरुलाई यूनाईटेड अरब ईमिरेट्सबाट साउदी फर्कने क्रममा गाडि हाँक्न प्रयास गरेको अभियोगमा ७५ दिनसम्म हिरासतमा राखिएको थियो ।

एचआरडब्लुलाई उपलब्ध गराईएका प्रमाणहरुका अनुसार, महिलाहरु दाबी गर्दछन् की शाही अदालतले उनीहरुलाई सञ्चार माध्याममा नबोल्न आदेश दिएको छ । यो आदेश गतवर्ष जब महिलाहरु माथि ड्राईभिङ्ग गर्न लामो समय प्रतिबन्ध लगायो त्यतिबेलाको हो । उक्त प्रतिबन्ध २४ जुन २०१८ मा ईस्लामिक कानुनले फुकुवा गरेको ।

गल्फ सेन्टर फर ह्यूमन राईट्सले पनि धेरै अधिकारकर्मीहरु गिरफ्तारमा परेको बताएको छ । ती मध्ये अल–हाथलुल त गिरफ्तार भएदेखि अझै आफ्नो परिवार तथा वकिलको सम्पर्कमा आएकी छैनन् । भने अल–नाफ्जानले एक पटक मात्र सम्पर्क गरेकी छन् ।

साउदी अरब महिलामाथि प्रतिबन्ध लागाउने कडा देशहरु मध्ये एक हो । खासमा त सरकारले कानुनमा सुधार गर्नु पथ्र्यो । महिलाहरुको रोजगारीको अवस्था सुधार्ने खालका कार्यक्रम ल्याउनु पर्ने थियो । एचआरडब्लुमा कार्यरत अनुसन्धाकर्ता रोथ्ना बेगम भन्छिन्, ‘सरकार गोप्य रुपमा महिला अकिारकर्मीहरुको सुधार अभियानको बिरोध गर्न उद्धत छ ।’

बेगम थप्छिन्, ‘सरकारले किन उनीहरुलाई गिरफ्तार गरेको हो भन्ने कुरा स्पष्ट छैन् । हामीले त अखबारमा छापिएको समाचार पढेपछि थाहा पायौं । यसमा भनिएको छ कि उनीहरुले देशको राष्ट्रिय एकतामा खलल् पार्ने काम गरेकोले गिरफ्तार गरिएको हो ।’

अरबका ३२ वर्षीय राजकुमारले गरेको प्रयत्न जसले महिलाहरु माथि ड्राईभिङ्ग गर्न नपाईने गरि लगाईको प्रतिबन्ध फुकुवा भएको छ । हुनत यो कदम भिजन २०३० को योजनाको एक अंश मात्रै हो ।

यद्यपि, महिलाहरुलाई अध्यन गर्न जाँदा होस्, यात्रा गर्दा होस् या अरु केही कममा घर बाहिर जानु परेमा पुरुष खासगरि बुवा, श्रीमान, अथवा दाजु–भाई मध्ये एकले स्कटिङ गर्नुपर्ने प्रणाली अझै कायमै छ । साउदी अकिकारकर्मीहरु दाबी गर्दछन् कि त्यो स्कटिङ प्रणाली विरुद्धको लडाई नै महिला अधिकारको लडार्इंको केन्द्रबिन्दु हो ।

सन् २०११ देखि करिब ३० जना अधिकारकर्मीहरुलाई साउदी अदलतले दोषी ठह¥याएको छ । ती मध्ये धेरैलाई १५ वर्षसम्मको कैद सजाय पनि भुक्तान गर्नु परेको छ ।

स्रोत : अलजजीरा

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: