१३ वर्षीया आमाको जन्म दर्ता


८० हजारमा बेचिएकी थिइन् ममता

प्रकाशित मिति :2018-05-23 13:22:05

सन्दिप वि.क

ललितपुर । यतिबेला उनी काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्रको चौथो तल्लाको सर्जिकल वार्ड, बेड नम्बर– ४ मा उपचाररत छिन् । साथमा एक महिनाकी छोरी र आमा ।

छोरीको जन्म दर्ता गराउने बेला अहिले आमाले जन्मदर्ताको प्रमाणपत्र पाएकी छिन् । सिराहाको गोलबजारस्थित मुसानियाकी ममता मरिकको जन्म दर्ता भएको हो ।

१३ वर्ष ८ महिनाको उमेरमा गएको चैत्र महिनामा छोरी जन्माएकी उनको अस्पतालमा भर्ना भए पछि उमेर खोज्ने क्रममा उमेर पत्ता नलाग्दा जन्म दर्ता नै नभएको थाहा भएको थियो । गंगालाल हृदयरोग केन्द्र काठमाडौंले सहुलियतमा उपचार गरिदिन जन्म दर्ता खाजे पछि उनको जन्म दर्ता समेत नरहेको थाहा भएको थियो ।

उनको बारेमा संचारमाध्यममा समाचार प्रकाशित भए पछि स्थानीय प्रतिनिधीले जन्म दर्ता गराइदिएका हुन् ।

घरमा छोरी जन्माएको भन्दै उनका श्रीमान ३५ वर्षीय प्रकाश मरिकसहित परिवारले शारीरिक र मानसिक यातना दिँदै बैशाख १ गते घर निकाला गरेका थिए ।

छोरीलाई घर निकाला गरेको थाहा पाएसँगै उनका बाबु उपेन्द्र मरिकले ममतालाई आफ्नो घर सुनसरीगढी गाउँपालिका ७ सत्तरझोडा ल्याएका थिए । सत्तरझोडा आउने बेलासम्म उनको शरीरमा कुटपिटका साथै खुकुरीले हिर्काएका डाम समेत रहेको बाबु उपेन्द्रले बताए ।

माइत आएसँगै तीन–चार दिनकी सुत्केरी ममताको अत्यधिक रगत बग्न थाले पछि उनका परिवारले उपचारका लागि जिल्ला अस्पताल सुनसरी लगेको बताइएको छ । करिब एक हप्ता जिल्ला अस्पतालमा उपचार पछि ममतालाई विराटनगरको नोवेल अस्पतालमा भर्ना गरियो ।

          काठमाडौं गंगालाल हृदयरोग केन्द्रमा उपचार गराउँदै ममता

ममताले यस अघि सुनसरी जिल्ला अस्पतालमा कसले भर्ना गरिदियो भन्ने बारमो समेत बोलेकी थिइनन् । अस्पतालमा उनको रेखदेख गर्ने मान्छे कोही नभएको भन्दै सुनसरी जिल्ला अस्पतालले ममताको निशुल्क उपचार गरिदिएको थियो ।

उनलाई आइसीयुमा राखेर उपचार गर्नु पर्ने भए पछि नोवेल अस्पताल विराटनगर लगियो । त्यहाँ मुटुमा समस्या भएको पत्ता लागे पछि गंगालाल हृदयरोग केन्द्र काठमाडौं ल्याइएको थियो ।

पौष्टिक आहार र उचित हेरचाहको अभावमा शिशुको स्वास्थ्यमा समस्या देखिएको छ । ममताको अपरेसन गर्नुपर्ने भए पनि कलिलै उमेरमा सुत्केरी भएकाले हाल उनको अवस्था निकै कमजोर रहेको हुँदा अपरेसन गर्न नसकिने अस्पतालले जनाएको छ ।

८० हजारमा बेचिएकी थिइन् ममता

ममतालाई उदयपुरको आम्बासी घर भएकी फूपु ललिता मरिकले प्रकाश मरिकसँग ८० हजार रुपैयाँमा लिएर विवाह गरिदिएको ममताका बुबा उपेन्द्र मरिकले बताए ।

प्रकाश भर्खरै विदेशबाट फर्किएका थिए । घरकी श्रीमती झगडा गरेर माइत गए पछि उनले दोस्रो विवाह गरेको बताइएको छ ।

      छोरीको बेदना सुनाउँदै ममताकी आमा भुट्टि मरिक

उनको जेठी श्रीमतीबाट दुई छोरी छन् । श्रीमानले दोस्रो विवाह गरेको थाहा पाएसँगै उनकी जेठी श्रीमती पुनः घर आएकी थिइन् ।
प्रकाशको जेठी श्रीमतीले समेत ममतालाई पटकपटक मानसिक यातना दिने गरेको ममताले बताइन् ।

जन्म मितिको समस्या

ममताको जन्म मिति न उनका आमालाई थाहा छ, न बाबुलाई नै । उनको जन्म दर्ता बनाइदिन जाँदा गाउँमा नहर खन्दा छोरी जन्माएको परिवारले बताएका थिए ।

सुनसरीका समाजसेवी राकेश निरौलाले जन्मदर्ताको मिति पत्ता लगाउन नगरपालिकादेखि वडाका काजगपत्र हेर्नुपरेको बताए ।

उनले भने, ‘हामी उनको घरमै पुगेका थियौं । नहरको डिलमा घर छ । घरमा न ढोका छ, न त झ्याल नै । अत्यन्त गरिब परिवार छ । त्यहि नहर खनेको वर्षको मिति पत्ता लगाएको आधारमा उनको जन्ममिति पत्ता लागेको हो ।’

अत्यत्नै विपन्न आर्थिक अवस्थाका ममताका बुबाआमा अशिक्षित छन् । उनीहरू बाबुआमा हाट बजारमा सरसफाईको काम गर्दै आएका छन् ।

छैन विवाह दर्ता

ममताको विवाह भएको एक वर्ष पुगे पनि अहिलेसम्म विवाह दर्ता छैन । उनका श्रीमानले छोरा पाउनकै लागि ममतासँग विवाह गरेका थिए । उनको न अहिले विवाह दर्ता नै छ । न त नागरिकता नै ।

मुटुको भल्भ फेरिँदै

उपचाररत ममताको जन्मजात नै मुटुमा समस्या रहेको अस्पतालले बताएको छ । उनको डेढ महिनाभित्र मुटुको भल्भ फेरिने भएको छ । विपन्न परिवारकी ममता सुत्केरी भए पछि मात्रै रोगको बारेमा पत्ता लागेको हो । उनको सम्पूर्ण उपचार सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले निःशुल्क गर्ने प्रतिवद्धता गरिसकेको छ ।

फरार छन् श्रीमान

ममताका बुबाआमाका अनुसार श्रीमतीलाई घर निकाला गरेका प्रकाश अहिले सम्पर्कविहीन छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले उजुरीपछि मात्रै कारबाहीको प्रक्रिया अघि बढाइने बताए ।
म्हिला खबरसँग कुरा गर्दै उनले बने, ‘उहाँहरु कस्तो उजुरी लिएर आउनुहुन्छ । त्यहि अनुसार कारबाही अगाडी बढाउँछौं ।’

अधिवक्ता शशी बस्नेत भन्छिन्, ‘प्रहरीले बाहिर आएको सूचनाका आधारमा कारबाही अगाडि बढाउन सक्छ तर प्रहरी प्रोएक्टिभ नहुँदा समस्या भएको हो ।’
उनले कुटपिट गरेर घर निकाला गर्ने श्रीमान विरुद्ध बालविवाह, बहुविवाह, घरेलु हिंसा, बचेविखनमा मुद्दा दर्ता गर्न सकिने बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: