चार पत्रकार महिला सगरमाथाको चुचुरोमा


प्रकाशित मिति :2018-05-23 13:56:05

–महिला खबर–

लतिलपुर । सगरमाथा आरोहणका लागि गएका पाँच पत्रकार महिलामध्ये ४ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

प्रथम पत्रकार महिला सगरमाथा आरोहण—२०१८ मा गएका प्रियालक्ष्मी कार्कीबाहेक चार जनाले सफल आरोह गरेका हुन् । सफल आरोहण गर्नेमा टिम लिडर रोजिता बुद्धाचार्य, रोशा बस्नेत, कल्पना महर्जन र देउराली चाम्लिङ रहेका छन् ।

८,८४८ मीटर अग्लो सगरमाथाको शिखरमा उनीहरु आज बिहान ६ बजे पुगेका आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूलनारासहित पाँच जना महिला पत्रकारको टोली सगरमाथा आरोहणका लागि गएको थियो । उनीहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा पु¥याएका छन् ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि तीन सय ४६ जनाले अनुमति लिएका थिए । जसमध्ये ४५ विदेशी र १५ नेपाली महिला रहेको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले बताए ।

यस वर्षको आरोहण गर्ने समय सकिन लागेको छ । अब दुई जना मात्र आरोहण गर्न बाँकी रहेको अधिकृत श्रेष्ठले जानकारी दिए ।

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: