ह्याण्डपम्पले हिर्काउँदा तीन दिनदेखि बेहोस्, श्रीमान फरार


प्रकाशित मिति :2018-05-23 15:03:16

–महिला खबर–

ललितपुर । श्रीमानले हत्या प्रयास गर्दा बेहोस् भएकी छोटकी यादव जीवन मरणको दोसाँधमा छिन् । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ७ बाभनपुरकी छोटकीलाई उनका श्रीमान दशरथ यादवले ह्याण्डपम्पले टाउकोमा हान्दा उनी बेहोस् भएकी थिइन् ।

छोटकीको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा आइसीयूमा राखेर उपचार भइरहेको अधिकारकर्मी रुपा पाण्डेले महिला खबरलाई बताइन् ।

रुपाका अनुसार छोटकीका तीन छोराछोरी छन् । गएको सोमबार बिहान १० बजे घरायसी विवादपछि दशरथले तलाई मार्छु भन्दै ह्याण्डपम्पले टाउकोमा हिकाउँदा उनी घटनास्थलमै बेहोस् भएकी थिइन् । पछि माइती पक्षले अस्पताल पुर्याएका थिए ।

इलाका प्रहरी कार्यालय बाँसगढीका सई झक्कु पौडेलले महिला खबरसँग कुरा गर्दै यस विषयमा आफूहरुलाई जानकारी नभएको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: