वर्षेनी ४ सय फिस्टुलाका नयाँ बिरामी


प्रकाशित मिति :2018-05-23 17:43:14

–महिला खबर–

ललिपुर । विश्व अब्स्टेट्रिक फिस्टुला अन्त्य दिवस बुधबार विश्वभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । अब्स्टेट्रिक फिस्टुला (निरन्तर अनियन्त्रित रुपमा पिसाब तथा दिसा बग्ने समस्या) हो ।

लामो समयसम्म प्रसव व्यथा लाग्दा बच्चाको टाउकोले आमाको योनीमार्ग, पिसाब थैली वा मलाशयमा धेरै समयसम्म थिच्दा पिसाब थैली, योनी मार्ग वा मलाशयमा पर्ने प्वाललाई अब्स्टेट्रिक फिस्टुला भनिन्छ ।

नेपाल जस्तो देशमा यो ठूलो समस्याका रुपमा रहेको छ । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)का अनुसार विश्वमा २० लाख महिला यो समस्याबाट पीडित छन् । हरेक वर्ष ५० हजारदेखि १ लाख पिडीत थपिईरहेका छन् । तर विश्वव्यापी उपचार क्षमता ६५ हजार मात्र छ ।

स्वास्थ्य मन्त्रालय र यूएनएफपीएको सन् २०११ को प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष करिब २ सय देखि ४ सय फिस्टुलाका नयाँ बिरामी भेटिन्छन् ।

फिस्टुला फ्रि नेपाल (धरान) का अनुसार नेपालमा करिब ५० हजार पिडीत रहेको अनुमान छ । उपचार गरेका बिरामीको आधारमा ७५ देखि ८० प्रतिशत मात्रै फिस्टुलाको अपे्रसन गर्दा ठीक हुने डा मोहनचन्द्र रेग्मी बताउँछन् । तर ओरेक नेपालले सन् २०१० देखि २०१२ सम्म २०० जना बिरामीको उपचार गर्दा पाइए अनुसार १ सय जनामा ९५ जनाको ठीक हुन्छ भनेको छ ।

यूएनएफपीएका अनुसार विश्वमा २० लाख महिला यो समस्याबाट पीडित छन् । हरेक वर्ष ५० हजारदेखि १ लाख पीडित थपिईरहेका छन् ।

अधिकांश फिस्टुला पहिलो सन्तान जन्माए पछि हुने गरेको डा. गणेश दंगाल बताउँछन् । यूएनएफएले सहयोग गरेको देशहरु मध्ये फिस्टुला बढी हुने ५० मुलुकमा नेपाल पर्ने परेको छ ।

सरकारले हालसम्म स्वामित्व लिएर फिस्टुलाको उपचार, रोकथाम जस्ता कार्यक्रम गर्न सकेको छैन । हाल संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपीए)को सहयोगमा पाटन हस्पिटल, मोडल हस्पिटल, विपी प्रतिष्ठान धरान र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा फिस्टुला पीडित महिलाहरुको निःशुल्क उपचार हुँदै आएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: