यसमा गर्नुस् हिंसाको उजुरी (४२००६००)


महिला हिंसा न्यूनिकरण गर्न यस्ता छन् योजना

प्रकाशित मिति :2018-05-23 17:56:24

–इन्द्रसरा खड्का–

ललितपुर । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा रोक्न मन्त्रालयले देशभर अभियान सञ्चालन गरेको बताएकी छन् ।

मन्त्रालयले हालसम्म गरेका काम र आगामी कार्य योजनाबारे मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले यस्तो जानकारी दिएकी हुन् । मन्त्री थापाले महिलाहरु अझैं पनि थिचोमिचोमा परेको बताइन् ।

हरेक तहमा महिलाको समान सहभागी हुन नसकेको भन्दै मन्त्री थापाले आफ्नो कार्यकालमा महिलाका हक अधिकार सुनिश्चित गर्ने बताइन् ।

महिला हिंसा अन्त्यका लागि परिवारबाटै व्यक्ति परिवर्तन हुनु आवश्यक रहेको भन्दै यसका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताइन् ।

लैङ्गिक समानता नीति मस्यौदा तयार

मन्त्रालयले सन् २०३० सम्ममा सबै किसिमका लैङ्गिक विभेदको अन्त्य गर्ने उद्देश्यका साथ राष्ट्रिय लैङ्गिक समानता निती २०७५ को अन्तिम मस्यौदा तयार भएको जनाएको छ ।

मन्त्रालयले राज्यका सबै संरचना तथा तहहरुमा महिलाको समान सहभागिता हासिल गर्ने र अवसर पहँुच, प्रतिफल र लाभहरुमा समानता कायम राख्न लैङ्गिक समानतामुलक राष्ट्र निर्माण गर्न लैङ्गिक समानता नीति तयार गरेको पनि थापाले बताइन् ।

यस्तै लैङ्गिक हिंसा निवारण कोष सञ्चालन नियमावली २०६७ मा उल्लेलित जिल्ला स्थित कार्यालयहरु रुपान्तरण भइसकेकाले संघीय संरचना अनुकुल हुने गरी लैङ्गिक हिंसा प्रभावितले तत्काल राहत पाउने गरी उक्त मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा हालसम्म ४ प्रदेशका १० जिल्लाका १४ ठाउँमा स्थानीय जनप्रतिनिधिलाई लैङ्गिक हिंसा विरुद्ध अभिमुखिकरण कार्यक्रम दिइएको बताइएको छ ।

यस्तै लैङ्गिक हिंसा पीडित तथा प्रभावितको लागि १९ जिल्लामा अल्पकालिन सेवा केन्द्र मन्त्रालयले सञ्चालनमा ल्याएको छ ।

हिंसा पीडितहरुको दिर्घकालिन पुनस्र्थापनाको लागि काठमाडांैमा मंगला सहाना पुनस्र्थापना केन्द्र सञ्चालनमा रहेको र सो केन्द्रमा हालसम्म ४० जनाले सेवा लिइसकेका छन् भने २१ जना लैङ्गिक हिंसा पीडितहरुले आश्रय लिइरहेका छन् ।

पत्रकार सम्मेलनमा कैलालीको घोडाघोडी नगरपालिका ५ की राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको कुटपिटको घटनाको मन्त्रालयको टोलीले स्थलगत अनुगमन गरी पीडितलाई जिल्ला राहत कोषबाट २० हजार रुपैयाँ उपलब्ध गराएको जानकारी गराइएको छ । घटनाको यथार्थ विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेश गरिएको छ ।

मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत मानव विकास सुचांकमा पछाडि परेका १४ जिल्लाका करिब १ हजार १ सय महिलाहरुलाई तालिम दई स्वरोजगार तथा उद्यमशिलता विकासमा सहयोग भइरहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

हिंसा पीडित महिलालाई निःशुल्क टोल फ्रि नम्बर

हिंसा पीडित महिलार वृद्ववृद्वाहरुलाई लक्षित गर्दै बुधबारदेखि निःशुल्क टोल फ्रि नम्बर शुरु भएको छ ।

महिला मन्त्रालयले बुधबारदेखि ४२००६०० नम्बरको सेवा शुरु गरेको हो । मन्त्रालयका अनुसार हिंसा पीडित महिला र वृद्ववृद्वाले आफूमाथि भएको विभेद मन्त्रालयमा जानकारी गराउन सक्नेछन् ।

पत्रकार सम्मेलनमा मन्त्रालयले गर्ने भावी योजनाका बारेमा समेत जानकारी गराइएको थियो ।

मन्त्रालयले महिला र बालबालिकामाथि हुने घरेलु हिंसा, दुव्र्यवहार, लैगिंक हिंसा, बोक्सी आरोप, बलात्कार, दाइजो तथा बालविवाह अन्त्यका लागि सरोकारवाला निकायसँग सामाजिक सचेतना कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गर्ने, कार्यस्थलमा हुने, यौन हिंसा रोकथाम गर्नका लागि लागू गरिएको आचारसंहितालाई कडाइका साथ पालना गर्ने लगायतका योजना लिएको छ । मन्त्रालयलकी सहसचिव राधिका अर्यालले मन्त्रालयले सार्वजनिक गरेका भावी योजनालाई कार्यान्यवनमा ल्याउन मन्त्रालय लागि पर्ने बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: