बैतडीमा २८ हजार किशोरीलाई आइरन चक्की खुवाइदै‌


प्रकाशित मिति :2018-05-24 12:43:29

–महिला खबर–
ललितपुर । बैतडीका किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाइने भएको छ । पछिल्लो समय गर्भवती आमा र किशोरीहरुलाई रक्तअल्पता बढ्दै गएको भन्दै यसबाट जोगाउन आइरन चक्की खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

किशोरीहरुमा रक्तअल्पता बढ्दै गएपछि रगतको मात्रा बढाउन जिल्लाका २८ हजार भन्दा बढी किशोरीलाई आउँदो साउन महिनाबाट आइरन चक्की र फोलिक एसिड खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेले जानकारी दिए ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा ४४ प्रतिशत किशोरीमा रक्तअल्पता भएको पाइएको थियो । सन् २०११ मा गरीएको सर्वेक्षणमा ३९ प्रतिशत किशोरीमा रक्तअल्पता भएको पाइएकोमा २०१६ सम्म यो संख्या वृद्धि हुँदै गएको पाइएको छ ।

सोही सर्वेक्षणलाई आधार मानेर जिल्लामा रहेका किशोरीहरुमा पनि आइरन चक्की र फोलिक एसिड खुवाउन लागिएको पाण्डेले बताए ।
पाण्डेका अनुसार जिल्लामा रहेका १० वर्ष देखि १९ वर्षका किशोरीहरुलाई हप्तामा एक चक्की लगातार १३ हप्तासम्म आइरन चक्की र फोलिक एसिड खुवाइनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: