स्वस्थ महिनावारीको पक्षमा साइकल र्‍याली


प्रकाशित मिति :2018-05-25 11:35:52

–महिला खबर–

ललितपुर । विश्व महिनावारी दिवसको अवसरमा काठमाडौंमा साइकल र्‍याली गरिने भएको छ । ‘स्वस्थ महिनावारीको बारेमा खुलेर बोलौं’ भन्ने नारासहित एक्सपोज नेपालले शनिबार साइकल र्‍यालीको आयोजना गर्न लागेको हो ।

महिनावारी प्राकृतिक नियम भएकाले यो बारे खुलेर बोल्न सक्नुपर्छ भन्ने सचेतना जगाउन साइकला र्‍याली गर्न लागेको एक्सपोज नेपालका अध्यक्ष ज्ञान महर्जनले महिला खबरलाई बताए ।

महिनावारी भएको बेला सरफाइ नहुँदा प्रजनन् स्वास्थ्यमा गम्भीर असर परे पछि एक्सपोज नेपालले ४ वर्षदेखि जनचेतना जगाउन साइकल र्‍यालीको आयोजना गर्दै आइरहेको छ ।

कतिपय समाजमा महिनावारी भएको कुरा गोप्य राख्ने, सरसफाई नगर्ने, कसैलाई छुन नहुने, पोषिलो खानेकुरा खान नहुने गलत मान्यताले गर्दा महिलाको प्रजनन् स्वास्थ्यमा समेत नराम्रो असर परिरहेको अध्यक्ष महर्जनले बताए ।

शनिबार हुने र्‍यालीमा तीन सय जना व्यवसायिक साईकलिष्टहरुको सहभागिता रहने छ ।

र्‍याली काठमाडौंको बसन्तपुरबाट शुरु भई दरबार मार्ग पुतलीसडक, अनामनगर, थापागाउँ बानेश्वर, थापाथली, जावलाखेल लगनखेल हुँदै मगंलबजारमा पुगेर समापन हुनेछ ।

र्‍याली समापन कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरको सहभागीता हुने जनाइएको छ । कार्यक्रममा सहभागी भई स्वस्थ महिनावारीको पक्षमा ऐक्यवद्धता जनाउनका लागि आयोजकले सबैलाइ आग्रह गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: