बलात्कार अभियोगमा कानून व्यवसायी पक्राउ


प्रकाशित मिति :2018-05-25 11:53:51

– महिला खबर

ललितपुर । जिल्ला प्रहरी कार्यालय पर्साले जबरजस्ती करणी उद्योगको अभियोगमा फरार कानून व्यवसायी शेष मन्सुर बाबु पक्राउ परेका छन् ।

पर्साका कानून व्यवसायी शेष मन्सुर बाबुले २०७४ मंसिर १८ गते बुहारी नाता पर्ने महिलालाई जबरजस्ती करणीको उद्योग गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी मानबहादुर राईले मन्सुरलाई बिहीबार पक्राउ गरेको जानकारी दिए ।

उनी बिरुद्ध २०७४ पुसर २८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दर्ता भएको थियो । त्यसयता फरार रहेका मन्सुरलाई पर्सा सदरमुकाम वीरगञ्जबाट पक्राउ गरिएको डिएसपी राईले बताए ।

उनका अनुसार पक्राउ परेका मन्सुरलाई शुक्रबार जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: