ए ‘मर्द’ पुरुष !


प्रकाशित मिति :2018-05-25 15:11:17

एउटै घरमा छोरा र छोरीमा फरक
छोरा र बुहारीमा फरक
अनि,
नाति र नातिनीमा फरक !
आखिर किन फरक एउटै शब्दमा
शब्द जेसुकै भए पनि फरक त्यही शब्दमा हुन्छ,
शब्द हो – छोरी !

शोभा पौडेल

छोरी भएर जन्मनुमा के गल्ती मेरो ?
मैले चाहेर छोरी भएर जन्मेको पनि त होइन्
अनि आमाले पनि चाहेर छोरी जन्माएकी पनि होइनन्
र बुबाले पनि नचाहेरै छोरी जन्माएका हुन र ?

होइन,
यो विज्ञानको युग हो
तर, किन बुझदैनन् मान्छेहरु !
छोरी जन्माउनुमा महिलाको कुनै भूमिका नै छैन भनेर
अनि किन बुझ्दैन समाज !
छोरा या छोरी जन्मिनुमा पुरुषको भूमिका हुन्छ
महिला निर्दोष छिन भनेर

छोरी जन्माउने कि छोरा ?
कसैको चाहानाले जन्मिदैनन् छोरा–छोरी ।

रहर त मलाई पनि थियो छोरी जन्माउने
तर, खै त मैले चाँहदैमा छोरी जन्मेको ?
त्यसैले कान खोलेर सुन अनि बुझ,
ए ‘मर्द’ पुरुष !
मर्दाङ्गी त सत्य स्वीकार गर्नुमा साबित हुन्छ
सत्य अस्विकार र ढाकछोप त नामर्दले पो गर्छ ।

त्यसैले
सम्झ, बुझ अनि मनन् गर
छोरी न त तिम्रो चाहाना हो
न त तिम्रो रहर,
छोरी त प्रकृतिको अमुल्य उपहार,
बहुमूल्य उपहार !
त्यसैले सिक सम्हाल्न,
मान्छे हुनुमा गौरव महसुस गर्न ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: