–ज्ञानु पंगेनी–
नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुल्मी कालिगण्डकी गाउँपालिका ५ का १९ वर्षीय गणेश ढकाल रहेका छन् । ढकालले नवलपरासी सुनवल नगरपालिका वाड नं ७ की बुद्धीमाया (नाम परिवर्तन गरिएको)को फोटो राखेर फेसबुक आईडि खोलेर विभिन्न अश्लिल तस्वीरहरु अपलोड गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
पीडित महिलाले प्रहरीमा उजुरी दिएसँगै युवालाई नियन्त्रणमा लिई थप कारबाहीको लागि महानगरीय अपराध महाशाखा टेकु काठमाडाै पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी नायब निरीक्षक टिकाराम पोखरेलले जानकारी दिए । उनलाई साइबर क्राइम अन्तरगत मुद्दा चलाइएको छ ।
Comment Here!