निकालेर देखाऊ मेरो हृदयको भगवान


प्रकाशित मिति :2018-05-28 11:40:37

तिमी भन्छौ,
दुःखको बेला भगवान जति नजिक कोही हुन्न
दुःखबाट छुट्काराका लागि
प्रार्थना गर्न भन्छौ
पूजा गर्न भन्छौ
जतिसक्दो धेरै
भगवानको चरणमा रहन भन्छौ ।

दुर्गा लामिछाने

मलाई तिम्रो कुरा मनासिब लाग्छ
आँखाले नदेखे पनि
छाम्दा नभेटे पनि
बोली नसुनिए पनि
दुःखको बेला
सबैभन्दा बढी भगवानकै भरोसा लाग्छ ।

जब जब दुःखका पहाडले छाती थिच्छन्
दुःखाइका नङ्ग्राहरूले पाठेघर चिथोर्छन्
आमा शब्दको सट्टा
हे भगवान ! निस्कँन्छ ।

तिमीले भने झैं
मलाई पनि यो दुःखको बेला
भगवान जति नजिक कोही लाग्दैन
केही लाग्दैन

त्यसैले
लर्खराउँदै पुगेर भगवानको थानमा
अँगालेर उनको आकृतिलाई
अलिकति भए पनि
राहतको महशुस गर्न मन लाग्छ
पुगेपछि उनको समिपमा
साँच्चै दुःखाई पनि कम कम भएजस्तो लाग्छ ।

देखेर मलाई उनको समिप
फेरी तिमी भन्छौ, किन छोएको ?
अब पाप लाग्छ, अनिष्ट हुन्छ
म बुझ्दिनँ तिम्रो दोधारे कुरा
मात्र बुझ्छु
दुःखको बेला, दुःखेको बेला
भगवान जति नजिक कोही हुँदैन ।

यदि नछोऊ भन्छौ भने ति चार दिन
निकालेर देखाऊ मेरो हृदयको भगवान ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: