मौन अवस्था बलात्कारको अनुमती होइन


प्रकाशित मिति :2018-05-28 14:44:17

ललितपुर । केही युरोपेली देशहरूले सहमति विनाको यौन सम्पर्कलाई बलात्कार मानेका छन् । हालै स्वीडेनमा पारित भएको विधेकमा कुनै पनि व्यक्तिले यौन सम्पर्कको लागि प्रष्ट तरिकाले बोलेर वा शारीरिक रुपमा संकेत गरेर सहमति दिनुपर्ने र मौन अवस्थालाई यौन क्रियाकलाको लागि दिइएको अनुमतिको रुपमा व्याख्या गर्न नपाइने कुरा उल्लेख गरिएको छ ।

स्वीडेनले सन् २०१८ को मे २३ मा उक्त विधेयक पारित गरेको थियो । अभियानकर्ताहरुले नयाँ कानुनलाई महिला अधिकारको क्षेत्रमा स्वीडेन र अरू युरोपेली देशहरुले हासिल गरेको ठूलो जीतको संज्ञा दिएका छन् ।

धेरै जसो युरोपेली देशहरुमा बलात्कारका घटनाहरुसँग पीडकबाट गरिने हिंसा वा दिइने धम्कीहरु सम्मिलित हुन्छन् । यो नयाँ कानून जुलाई एक तारिकदेखि लागू हुनेछ । त्यसपछि पीडकहरु वा उनीहरुका वकिलहरुले बलात्कारका घटनाहरुमा हिंसा वा धम्कीहरू प्रयोग भएको थियो भनेर प्रमाण जुटाउनु पर्ने छैन ।

आइसल्याण्ड, ईङ्गल्याण्ड, आएरल्याण्ड, स्कटल्याण्ड, नर्दन आएरल्याण्ड, साइप्रस, बेल्जीयम र जर्मनीले सहमतिविनाको यौन सम्पर्कलाई गैर–कानुनी मानिसकेका छन् ।

‘संसदबाट पारित यो विधेयक स्वीडेनका महिला अधिकारकर्मीहरूको लागि ठूलो उपलब्धि हो । यो परिवर्तन हासिल गर्न उनीहरुले एक दशक भन्दा अगाडिदेखि अथकरुपमा अभियान चलाइरहेका थिए’, अन्ना ब्लसले भनिन् । उनी एमनेस्टी ईन्टरनेशनलकी महिला अधिकार विषयकी अनुसन्धानकर्ता हुन् ।

स्वीडेनको बार एसोसिएशनकी महासचिव एन्ने र्यामबर्ग भने नयाँ कानूनप्रति आशावादी छैनन् । उनले सीएनएनलाई बताए अनुसार स्वीडेनको प्रचलित कानूनले यस अघिदेखि नै बलात्कारको परिभाषालाई फराकिलो बनाएको थियो । अपराधिकताको प्रकियामा नयाँ कानून प्रभावकारी हुन नसक्ने संभावना रहेको धारण उनले व्यक्त गरिन् ।

स्वीडेनमा बलात्कारका घटनाहरु बढ्दै गइरहेका छन् । सन् २०१६ को तुलनामा यस्ता घटनाहरु सन् २०१७ मा १० प्रतिशतले वृद्धि भएका थिए । महिला अधिकारकर्मीहरु भने नयाँ कानुनले यस्ता घटनाहरुमा कमी ल्याउने कुरामा आशावादी छन् ।

स्रोत : सीएनएन

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: