छोरीहरूले संसार छोडेपछि !


प्रकाशित मिति :2018-05-28 17:38:11

खबरहरू आइरहन्छ छाउ गोठबाट,
छोरीहरूले संसार छोडेको
जबजब गौरीहरू छाउ गोठमा निसासिएको खबर पढ्छु,
म आफैं निसासिन्छुु
तुलसा र रोशनीहरूलाई सर्पले डसेको थाहा पाउँछु,
सुइरो रोपेझैं हुन्छ मुटुमा
मैले पटक पटक गौरीहरूनिसास्सीएको खबर विश्वलाई सुनाउनुपर्छ
मैले थुप्रै तुलसा र रोशनीहरूलाई सर्पले डसेको,
धेरै चोटी धेरै जनालाई सुनाइसकें ।

गीता चिमोरिया

अनि उनीहरूलाई त्यसरी डस्नबाट बचाउनुपर्छ भनेर सयौं चोटी
सयौं मान्छेलाई अनुरोध गरिसकें
त्यही सुदुरमा दर्जनौं छोरी फक्रिन नपाइ ओइलाए
पर सरेको आरोपमा
हरेक महिना तिनै छोरीबाट बग्ने रगतले नै यो संसार गतिशिल भएको छ
जीवनको चक्र चलेको छ
तर किन बुझ्दैन समाज छोरीको शरीरबाट बग्ने रगत अपवित्र होइन भनेर ?
मान्छेहरूयति क्रुर भए कि हत्या गर्छन् छोरीको
छाउ गोठ पठाएर ।

त्यो अपराधबाट बच्न हेर त कस्तो दुस्साहस, हवला दिन्छन् भगवानको
मैले न स्वस्थानीमा कहिल्यै पार्वती छाउगोठ गएको सुनें,
न त सीता र लक्ष्मीले निसास्सीनु परेको थाहा पाएँ
यदि साँच्चै,
हरेक महिना छोरीहरूको शरीरबाट बग्ने रगत
अपवित्र हुन्छ भने
रोकिदेऊ त्यो रगतको धारा ।

रोकिदेऊ यो संसारको गति,
अनि रोकिदेऊ त्यो अपवित्र रगतबाट मान्छे बन्ने प्रक्रिया
बुझाइदेऊ न मलाई कसैले अपवित्र रगतबाट बनेको मान्छे
कसरी पवित्र हुन्छ ?
जवाफ छैन भने,
भत्काइदेऊ ति छाउगोठहरू,
अनि भत्काइदेऊ तिम्रा मस्तिष्कका कुविचारहरू,
अब कोही पनि छोरीले संसार छोड्न नपरोस्,
पर सरेकै कारण ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: