–महिला खबर–
ललितपुर । अधिवक्ता तथा कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक)का अध्यक्ष अनिता थपलियाले सामाजिक विकृति अन्त्यका लागि युवाको भूमिका महत्वपुर्ण हुने बताएकी छन् ।
ल्याकले लैंगिक हिंसाबारे युवाहरूलाई प्रशिक्षित गर्न आयोजना गरेको तालिम समापनमा बोल्दै थपलियाले यस्तो बताएकी हुन् ।
परिवर्तनका संवाहक युवाहरूलाई नै लैंगिक हिंसा विरुद्ध काम गर्न प्रेरित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको पनि थपलियाले बताइन् ।
तालिममा नेपाल लगायत विश्वमा लिंगका आधारमा के कस्ता हिंसा भइरहेका छन् र त्यसको अन्त्यका लागि युवाको भूमिका के हुन सक्छ भन्ने बारेमा समेत प्रशिक्षण दिइएको आयोजकले जानकारी दिएको छ ।
सकारात्मक परिवर्तनका लागि युवाको नेतृत्व जरुरी भएका कारण ल्याकले आगामी दिनमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने पनि सो अवसरमा जानकारी गराइयो ।
४ दिनसम्म सञ्चालन भएको तालिममा लैंगिकता, लैगिंक हिंसा, पुरुषत्व, नेतृत्व विकास र लैंगिक हिंसा निवारणका लागि युवाहरूको भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको ल्याकले जनाएको छ ।
Comment Here!