रुपु रावतको मृत्यु पत्र


प्रकाशित मिति :2018-05-29 15:43:12

–दामोदर पुडासैनी ‘किशोर’–

मृत्युवरणले मर्नु बेग्लै हो
बाँच्दाबाँच्दै क्षणक्षणमा मरिरहनु
अस्हय पीडाको भुमरीमा फस्नुरहेछ

अहिले पनि सम्झिरहेछु म
प्रथम रजस्वलाको पहिलो थोपादेखि नै
खुल्न थाले मेरा मृत्युका द्वारहरू

दामोदर पुडासैनी ‘किशोर’

छातिमा, काखीमा र उच्चारण नै लाज लाग्ने अंगमा
एक्कासी देखिएको परिर्वतनले
मनमा हुरी चलिरहेका बेला
सहानुभूति र परिर्वतनको अर्थ बुझाउनु भन्दा
आफ्नै आमा, दिदी र भाउजुहरूले
घिसार्दैघिसार्दै घर भन्दा टाढा निर्जन एकान्तका
गोठ, गुफा र ढुंगाका ककाराहरूमा छोडिदिंदा
सहनै नसक्ने आँधी चल्न सुरु ग¥यो
जिन्दगीको प्रथम मोडदेखि नै

परिर्वतनलाई उत्सवको रुपमा नमनाउने हो भने
कहाँ सार्थक रंगमा उभिन सक्द छ र जिन्दगी

बारीका डिलहरूमा
स्याउ फुल्दा वा ओखरमा नयाँ पालुवा पलाउँदा
कति खुसि मनाउँछन् पातपातमा चराचुरुङ्गीहरूले
हरेक साउनमा मुल फुट्दा
खोल्सीहरूमा र पखेरीका फेदीहरूमा
कति मज्जाले पलाउन थाल्छन् वरिपरि हरीयाँ घाँसहरू
र, कति खुसिले तिर्खा मेट्छन जनावर र कीरा फट्याङग्राहरूले
म एउटी पहाडकी छोट्टी
उमेरसंगै मेरो शरीरले
काम नै नलाग्ने दुइचार रगतका थोपा फ्याँक्दा
अहो
किन घोषणा गरीयो
समाजमै अनुहार देखाउन नमिल्ने अपराधको

किन टाढाटाढा धकेलिन्छ
आफन्तकै नजरहरूबाट

मान्छेलाई
आफन्तहरूले नै
छुन र देख्न नहुने
किन बनायो र पालिरह्यो
समाजले नै कालो नियम
हरेक महिना
रजस्वलाका पूर्व सन्ध्यामा
बेस्सरी थिच्छ मलाई अखण्ड अध्याँराले

टाढिन थाल्छन् आमाका स्नेही काखहरू
सुकेका दाउरा जस्ता कठोर
र, चिसा ढुङ्गा जस्ता बिझाउने
बन्न थाल्छन् पतिका न्याना पाखुरीहरू

झन्झन् टाढिन थाल्छन्
नुहाई, धुवाइ र शरीर फस्टाउने अन्न र जल
सट्टामा भेटिन थाल्छन्
धुलो, मैलो र गन्धको साम्राज्ययुक्त ढुसिलो ओडार
अथवा गाईभैँसीले ओछ्याउने भन्दा पनि तल्लो शैलीको
कीरा, धुलो र चिस्यानले ढाकिएको
एक अँगालो स्याउलाको रात कटाउने ओछ्यान

परिर्वतनीय प्रवृत्तिलाई स्थायी नमान्ने हो भने
परिर्वतन
मृत्युको पहाड बनेर उभिँदोरहेछ संसारमा

प्रत्येक मासिक धर्म
उदाउँछन् मृत्युका डरलाग्दा श्रृङ्खलाहरू बनेर
नदीजस्तो मेरो जिन्दगीमा

बिस्तारै टाढिन थाल्छ मेरो न्यानो ओछ्यान
बिस्तारै टाढिन थाल्छन् आफन्तका न्यानो अँगालाहरू
सट्टामा
कहिले फणा फिँजाउदै आइपुग्छ एउटा क्रुर साँप
कहिले भेटिन्छन् दाह्रा र नङग्रा तेस्याइरहेका बाघ र भालुहरू

कहिले भेटिन्छ
छुई र छाउपडीमा मलजल गरिरहेका पुरुषको
रक्सीले डुङ्डुङ् गन्हाइरहेको कामुक आक्रमण
कहिले भेटिन्छ
छरछिमेकमा छाउपडीको माहात्म्य सुनाउँदै हिँड्ने
यौनपिपासु पुरुषहरूले तिर्खा मेटिरहेका
एउटा नाटकीय क्षण

उज्यालालाई अँध्यारोभित्र कैद गर्नेहरू
खुबै हौसिरहँदारहेछन्
धमिलो पानीमा माछा मार्न

म मृत्युलाई सहजै स्वीकार्न सक्छु
तर, मान्छेलाई मान्छेले छुन नहुने
र, मान्छेको अनुहार हेर्दा
मान्छे नै झर्छ ओरालोतिर भन्ने
एउटा कालो रीत सम्झदा भने
हिँडिरहे झै लाग्छ फेरि पनि
दुर्घटनाका अध्याँरा बाटाहरूमा ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: