महिलाले ‘हिजाव’ लगाउन छोडेपछि…


प्रकाशित मिति :2018-05-29 17:03:26

ललितपुर । इरानी महिला मासी अलाइनजादले उनको देशमा अनिवार्य हिजाव प्रयोग गर्नुपर्ने नियमका विरुद्ध आन्दोलन शुरु गरेको ५ वर्ष भयो । त्यस यता हजारौं महिलाहरू यसमा सहभागी भए ।

यो सामाजिक सञ्जालमा फैलियो र सडकमा अभुतपूर्व प्रदर्शनको अवस्था श्रृजना भयोे । तर के यो लक्ष्य प्राप्तिको नजिक छ भन्ने सवाल चाहिँ पेचिलो बनिरह्यो ।

                           मासी अलाइनजादको फोटो जसले आन्दोलनलाई हौसला दियो ।

खासमा हिजाव एक घुम्टो जस्तै गरि प्रयोग गरिने कपडा हो जुन मुस्लिम महिलाले घर बाहिर वा परिवार भन्दा बाहिरका पुरुषहरूले आफ्नो टाउको तथा छाती नदेखुन भनि प्रयोग गर्ने गर्दछन् । यसले महिलाहरूको गोप्यता र स्वच्छतालाई संकेत पनि गर्दछ भन्ने विश्वास मुस्लिम समुदायमा छ ।

यो आन्देलन खासमा कुनै योजना तयार गरि शुरु गरिएको भने होईन । यो घटना त केवल एक महिला इरानको पहाडी सडकमा गाडी चलाउँदै, कपालमा स्वच्छ हावाको अनुभव गर्दै सामान्य स्वतन्त्रता उपभोग गरेपछि विकसित रुप मात्र हो ।

यो एउटा स्वतन्त्रता जुन प्राय जसो महिलाहरूले हल्का रुपमा लिन्छन, तर ती इरानी महिलाहरू सन् १९७९ को इस्लामिक क्रान्ति पश्चात यसबाट बञ्चित गरिए ।

मासी अलाइनजादले यो क्षणलाई फोटोमा कैद गरिन् र पाँच वर्ष अघि सामाजिक सञ्जालमा पोष्ट गरिन् ।

त्यसपछि उनले अरु महिलाहरूलाई पनि तिनीहरूका स्वतन्त्रताका गोप्य क्षणहरू प्रचार गर्न प्रोत्साहित गरिन् । परिणामस्वरुप देशभरका महिलाहरूबाट तस्विरको वमबारी भयो ।

त्यो मेरो गोप्य स्वतन्त्रताको (#MyStealthy Freedom) को शुरुआत थियो ।

अनिवार्य घुम्टो हाल्नुपर्ने प्रचलनको बिरोधमा गरिएको एउटा सामाजिक सञ्जाल अभियान थियो ।

त्यसपछि अरु धेरै ह्यसट्याग आन्दोलनहरूको उदय भयो जस्तै : सेतो बुधवार #white wednesday देखि एंगहेलाव सडकका यूवतीहरू #girls of enghelab street र मेरो क्यामेरा मेरो हतियार #my camera is my weapon।

मासी करिब २५ लाख भन्दा धेरै फलोअरहरू छन् । र उनी इरानी सरकारका लागि सोच्नु पर्ने शक्तिका रुपमा स्थापित भएकी छन् ।

अनलाइन मार्फत धम्की

उनले लेखेको पुस्तक ‘द विन्ड इन माई हेअर’मा मासीले उत्तरी इरानको सानो गाउँमा कट्टर मुस्लिम परिवारमा हुर्कदाका बेला भोगेका भोगाईहरूका बारेमा लेखेकी छन् ।

मासीलाई उनको परिवारका सदस्यहरूसँगै हुँदा पनि कपाल छोप्नु पर्थ्याे । उनले आफ्नो संस्कारमा महिलाप्रति भएका अन्यायहरूकोे अनुभुति गरिन् ।

उनी बताउँछिन् कसरी उनी ‘सँधै आवाजविहीन मानिसहरूलाई आवाज दिन सकिन्छ भन्ने बारेमा सोचिरहन्थिन् ।’ किनभने ईरानमा रहँदा उनी ‘सँधै आवाजविहीन नै थिईन् ।’

मासी, सन् २००९ देखि अमेरिकामा स्व–घोषित निर्वासनमा बसेकी थिईन् । प्रकाउ पर्ने डरले सुरक्षित रुपमा ईरान जान सकिनन् । उनका अविभावकहरूलाई देश छोड्न निषेध गरिएको छ र उनका बुबाले उनीसँग कुरा गर्न छाडिसकेका छन् । उनी भन्छिन्, ‘सरकारी एजेन्टहरूले उनका बुबालाई आफ्नो बसमा पारिसकेका छन् ।’

दैनिक ज्यान मार्ने धम्की

उनी भन्छिन्, ‘हालसालै उनले बासीजी भनिने एक सरकार समर्थित स्वयम्सेवी मिलीशियाको सदस्यबाट एक फेसबुक म्यासेज पाईन, जसमा लेखिएको थियो ‘म तलाई काट्दैै छु …….हामी तेरो शरीरलाई टुक्रा–टुक्रा पारेर तेरो परिवारलाई पठाउँछौ ।’

यो आन्दोलन शुरु गरेकोमा पश्चाताप छ कि भन्ने प्रश्नमा उनको जवाफ ‘कत्ति पनि छैन र कहिल्यै हुँदैन’ भन्ने छ ।

चालिस वर्षदेखि तिनीहरूले महिला अधिकारको कुरा गर्ने यो सही समय होइन भनिरहेका छन् । तर अहिले तिनीहरूले महिलाहरूलाई नियन्त्रण गर्न सक्ने अवस्था समाप्त भैसकेको छ ।

सिंगो सरकार अनिवार्य हिजाव लगाउनु पर्ने भन्ने पक्षमा बहस गरिरहेको छ । यसले त महिलाहरूको शक्ति बढेको देखाउछ ।

सरकार कठोर बन्दै

सन् २०१७ डिसेम्बरदेखि यता राजधानी तेहरानमा मात्रै ३५ महिला विद्रोहीहरू पक्राउ परेका छन् ।

अप्रिलको अन्त्यतिर तेहरानमा एक महिलालाई घुम्टो खुकुलो भएको भन्दै नैतिकता शाखाकी एक महिला प्रहरी अधिकृतले थप्पड हिर्काईन् । इरानमा यस्ता घटना घट्नु कुनै नौलो कुरा होेईन ।

फरक यत्ति हो कि यस पटक यो घटनाको भिडियो खिचीयो र मासि अलाइनजादको इन्स्टाग्राममा पोष्ट गरियो । सामाजिक सञ्जालमा यो भिडीयो तीस लाख भन्दा धेरै मानिसहरूले हेरे र तीस हजार भन्दा बढिले कमेन्ट गरे ।

यस घटनाले अन्तराष्ट्रिय स्तरमा विरोध गर्न सजिलो बनाईदियो । इरानका महिलाका मामिलाका उप राष्ट्रपति मासुमे ईव्तेकरले समेत यस आन्दोलनको समर्थन गरे । ‘यस्तो व्यवहार कसरी न्यायोचित हुनसक्छ ? उनले ट्विट गरिन् ।

मानव आत्मसम्मान

निलुफर (नाम परिवर्तन) हिजाव पहिरनु पर्ने बाध्यात्मक नियमका विरुद्धमा प्रदर्शन गरेकोमा गिरफ्तारमा परिन् । उनलाई एकल बन्दिगृहमा राखेर यातना दिनुकासाथै कुटपिट पनि गरिएको थियो ।

इरानमा हिजावको विरोधमा सडक आन्दोलनमा सहभागी यूवती

उनी यस आन्दोलनकी सक्रिय सदस्य हुन । र उनीे अहिले पनि ईरानमै बस्छिन । उनी भन्छिन्, ‘यस अभियानद्वारा साधारण मानिसहरू एकजुट हुन्छन र सरकारलाई यस बारेमा बोल्न बाध्य पार्दछन् ।’

‘म सधै भनिरहेकी छु कि यो सब घुम्टो ओड्ने र कपाल ढाक्ने बारेमात्रै होइन । यो त हाम्रो आत्मसम्मानको सवाल हो’ उनले थपिन्, ‘महिलाहरू हिजाव सम्बन्धी कानून हट्ला भनेर पर्खिरहेका छैनन् । तिनीहरू त आफैले यो नियम हटाइरहेका छन्’ ।

लन्डनस्थित लेखक तथा सांस्कृतिक समिक्षक शिब रह्वरनका अनुसार ईरानी प्रशासकहरू हिजाव विरोधी बढ्दो अभ्यासलाई रोक्न असफल भएका छन् । ‘इस्लामिक क्रान्तिदेखि महिलाको प्रतिरोधलाई दबाउने सबै प्रयासहरूले घुमाउरो तरिकाले यसलाई झन् सशक्त बनाएको छ,’ उनले भनिन् ।

‘धर्म निरपेक्षताका पक्षधर मध्यम वर्गीय महिलाहरूबाट शुरु भएको यो आन्दोलन अहिले कम समृद्व धार्मिक सामाजिक स्तर भएकाहरूसम्म फैलिएको छ, जसले विगतमा इश्लामिक शासनको मेरुदण्डको रुपमा काम गरेको थियो ।’

सामाजिक संजालको विश्वव्यापी पहुँचको कारणले पनि यो सवाल झन् जवरजस्त उठान भइरहेको छ ।

‘ईरानमा महिलामाथि हुने अन्याय छिट्टै समाप्त हुने छैन’ निलुफर भन्छिन्, ‘तर भविश्यमा जब हरेक महिलाहरू अधिकार दावी गर्न प्रयाप्त रुपमा साहस देखाउनेछन्, तब मात्रै तिनीहरूले हाम्रो अधिकारलाई स्वीकार गर्नेछन् ।’

स्रोत : बीबीसी

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: