सुत्केरीको उद्धार गर्न एयर एम्बुलेन्स, यातायात खर्च दोब्बर


एक अर्ब ८८ करोड २२ लाख विनियोजन

प्रकाशित मिति :2018-05-29 17:24:07

-महिला खबर-

ललितपुर । सरकारले आर्थिक वर्ष आर्थिक वर्ष २०७५/७६ मा महिला तथा बालबालिकातर्फ एक अर्ब ८८ करोड २२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

संघीय सरकारको पहिलो पूर्ण बजेटलाई  मंगलबार प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सो कुरा बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले दुर्गम क्षेत्रमा आपतकालीन सुत्केरीको उद्धारका लागि एयर एम्बुलेन्स उपलव्ध गराउने बताए ।

यस्तै सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्चलाई दोब्बर  गरिने भएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘गर्भावस्थादेखि नै प्रसूति सेवा र यातायात खर्च दोब्बर गरिएको छ ।’

यसअघि सुत्केरीले यातायात खर्च बापत एक हजार रुपैयाँ मात्रै पाउँदै आएका थिए ।

यस्तै सरकारले बालविवाह, कुरीति लगायत महिला हिंसा रोक्न सचेतना अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: