महिनावारी हुँदा स्यानिटरी प्याडको विकल्प मोजा !


प्रकाशित मिति :2018-05-31 10:49:36

ललितपुर । गरिबी, उचित बासस्थानको अभाव र सामाजिक कुरीतिका कारण केही महिला र बालिकाहरु महिनावारी भएको बेला ‘स्वच्छताको लागि’ अस्थायी सामाग्रीहरु प्रयोग गर्छन् । यसै सन्दर्भमा बीबीसीले चित्रकार मेसी कजीन्सलाई संयुक्त अधिराज्यका केही मानिसहरुले रजस्वलाको कारण बहोर्नु परेका केही अवस्थाहरु चित्रहरु मार्फत् देखाउन अनुरोध गरेको थियो ।

उनले खिचेका तस्विरहरु विज्ञापन र सञ्चार माध्यममा महिनावारीसँग सम्बन्धित ‘स्वच्छता’ झल्काउने तस्विरहरु भन्दा बिल्कुलै फरक छन् ।

परोपकारी संस्था प्लान इन्टरनेशनलले सन् २०१८ मा गरेको संर्वेक्षण अनुसार महिला र किशोरीहरुले महिनावारी भएको बेला परम्परागत सामाग्रीहरुको सट्टा अरू खालका समान प्रयोग गरेको पाइएको छ ।

आधुनिक सेनेटेरी प्याड र रूमालहरू किन्न गाह्रो परेकोले शौचालयमा प्रयोग परिने कागज (ट्वाइलेट पेपर) सस्तोमा पाइने भइकोले यसको प्रयोग गरेको पाइन्छ । उक्त सर्वेक्षणले त्यस्ता कागजको प्रयोग २१ वर्षमूनिका ४० प्रतिशत महिलाले गरेको देखाउँछ ।

धेरै रगत सोस्ने क्षमता र धुन मिल्ने भएकोले मोजाहरु पनि दोस्रो लोकप्रिय स्वच्छता सामाग्रीको रूपमा केही मानिसहरुले प्रयोग गरेको पाइएको छ ।

त्यसैगरि बोरा र पुराना कपडाहरू पनि प्रयोग गरेको पाइएको छ । सर्वेक्षणमा भाग लिएकी एक युवतीले भनिन्, उनले महिनावारीको बेला रगत बग्नबाट रोक्ने उपायका रुपमा गन्जीको उपयोग गर्छिन् । यसका अतिरिक्त, सजिलै फाल्न मिल्ने भएकोले समाचारपत्रहरु र अरू कागजका सामाग्रीहरु पनि प्रयोग हुने गरेका छन् ।

कहिलेकाँही सामग्रीको वा विकल्प नहुँदा कट्टुमा नै रगत बगाउनु पर्ने अवस्था आउँछ । यस्ता युवतीहरू लुगा खाँदेर वा थप एउटा सुरूवाल लगाएर महिनावारीको व्यवस्थापन गर्न बाध्य छन् ।

साभार : बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: