महिला पुरुष मिलेर लैंगिक हिंसा अन्त्य गरौं : कोइराला


प्रकाशित मिति :2018-05-31 11:37:44

-महिला खबर-

चितवन । प्रदेश नं. ३ की प्रमुख अनुराधा कोइरालाले महिला हिंसा अन्त्य गर्न महिला पुरुष एक भएर लाग्नुपर्ने बताएकी छिन् । आदर्श नारी विकास केन्द्र भरपुरको रजत महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै कोइरालाले महिला हिंसा न्युनिकरण गर्न महिला मात्रै लागेर नहुने बताएकी हुन् ।

 

उनले थपिन्, ‘बलात्कार र महिला हिंसा विरुद्धको लडाईंमा सफलता प्राप्त गर्न महिला र पुरुष दुवै एकजुट हुनुपर्छ ।’ प्रदेश प्रमुखको हैसियतले महिला हिंसा रोक्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत कोइरालाले गरिन् । कार्यक्रममा आदर्श नारी विकास केन्द्रले कोइरालालाई अभिनन्दन पत्रले सम्मान समेत गरेको थियो ।

आदर्श नारी विकास केन्द्रले रजत महोत्सवको आवसरमा बैशाख १६ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आएको थियो । असहाय बालबालिका तथा हिंसामा परेका महिलाको उद्दार एवं पुर्नस्थापना क्षेत्रमा सक्रिय बन्दै आएको आदर्श नारी विकासले यसअघि बृद्धबृद्धाहरुलाई खाना खुवाउने, आध्यात्मिक प्रवचन, भलिबल प्रतियोगिता, सचेतना र्याली तथा विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।

समापन कार्यक्रममा प्रदेश नं. ३ का सांसद विजय सुवेदी, घनश्याम दाहाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उप–प्रमुख पार्वती शाह लगायतको सहभागिता रहेको थियो ।

महिलाहरुको अन्तरनिहित शक्तिको कदर गरौं भन्ने मूल नारा सहित वि.सं.२०४९ सालमा स्थापित सो संस्थाले महिला तथा बालबालिकाको सर्वोत्तम हित तथा विकासका लागि काम गर्दै आएको छ ।

कार्यक्रममा आदर्श नारी विकास केन्द्र रजत महोत्सव मूल समारोहका संयोजक मीना खरेलले संस्थाको स्थापनादेखि हालसम्म गरेको र रजत महोत्सव शुभारम्भदेखि अन्त्यसम्म गरेको कार्यक्रमहरुको बारेमा प्रष्ट पारेकी थिईन् ।

सोही कार्यक्रममा पत्रकारिता र सामाजिक क्षेत्रबाट आदर्श नारी विकास केन्द्रलाई योगदान गर्ने व्यक्तिहरुलाई पनि सम्मानित गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: