सामूहिक बलात्कारमा संलग्न एक पक्राउ


प्रकाशित मिति :2018-05-31 15:43:54

–महिला खबर–

पाँचथर । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले हिजो एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेम फाल्गुनन्द गाउँपालिका –५ का २४ वर्षीय भीमकुमार नेम्वाङ रहेका छन् ।

जेठ ९ गते १५ वर्षीया बालिका बलात्कारपछि फरार रहेका भीमकुमारलाई पक्राउ गरिएको पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले बताए ।

सोही घटनामा संलग्न भई फरार रहेका अर्का आरोपित फाल्गुनन्द गाउँपालिका –५ का १८ वर्षीय विक्रम चेम्जोङको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बालिका पाहुना गएर घर फर्किने क्रममा जंगललमा बाटो ढुकेर बसेका विक्रम र भीमकुमारले सामूहिक बलात्कार गरेको पीडित बालिकाको आरोप छ ।

बालिकाको जेठ ११ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: