बजेटबारे संसदमा महिला सांसदले गरे यस्तो टिप्पणी


प्रकाशित मिति :2018-05-31 17:05:05

– महिला खबर

ललितपुर । महिला सांसदहरुले महिला लगायतका पछाडि पारिएका वर्गको उत्थानको लागि सरकारले आर्थिक वर्ष २०७५/०७६ मा विशेष कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमाथि टिप्पणी गर्न बिहीबार बसेको पहिलो बैठकमा बोल्ने अधिकांश महिला सांसदहरुले उक्त टिप्पणी गरेका हुन् ।

विशेष गरेर प्रतिपक्ष दल नेपाली काँग्रेसका महिला सांसदले टिप्पणी गर्दै महिला लक्षित कार्यक्रम विशेष रुपमा ल्याउन नसक्नु बजेटको कमजोर पक्ष रहेको टिप्पणी गरे । भने केही महिलाले महिलाका विषयमा कुनै प्रतिक्रिया नै जनाएनन् ।

सांसद महिलाहरुले संसदमा गरेको टिप्पणी जस्ताको त्यस्तै

सत्या पहाडी, सांसद (नेकपा)  – सामाजिक न्यायलाई प्राथमिकतामा राख्दा राख्दै पनि महिला लगायत पछाडि पारिएका वर्गको उत्थान गर्न विशेष कार्यक्रम ल्याउन नसक्नु बजेटको कमजोर पक्ष हो ।

चित्रलेखा यादव, सांसद (नेपाली काँग्रेस) – सरकारले एक जना पनि महिलालाई मुख्य मन्त्री किन बनाएन ?

दुर्गा पौडेल, सांसद (राष्ट्रिय जनमोर्चा) – हिंसामा परेका महिलालाई न्याय पाउनको लागि फाष्ट ट्रयाक कोटको व्यवस्था गर्न सरकारी कार्यक्रम ल्याउन जोड दिइएको छैन ।

डिला संग्रौला, सांसद ( नेपाली काँग्रेस) – महिलालाई उपेक्षा गरिएको बजेट ।

उमा रेग्मी, सांसद (नेपाली काँग्रेस) – यो बजेट महिला मैत्री छैन । दुरदराजमा रहेका महिलाहरुलाई जीवनमा परिवर्तन आउने खालको विशेष कार्यक्रम छैन । ५१ प्रतिशत महिलाको जनसंख्यालाई यो बजेटले उपेक्षा गरेको छ । यसमा सुधार गर्नुपर्छ ।

लक्ष्मी परियार, सांसद (नेपाली काँग्रेस) – आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा सुत्केरी भत्ता दोब्बर भनेर झुक्याइएको छ । १ हजारबाट २ हजार रुपैयाँ पुर्याउने भनेको भए हुन्थ्यो । त्यो २ हजार रकमले सुत्केरी भत्ता पुग्दैन ।

मनकुमारी जिसी, सांसद (नेकपा एमाले) – राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई कसरी कार्यान्वयनमा लैजाने, जनतासम्म कसरी पुर्याउने भन्ने तर्फ हाम्रा स्रोत साधन लगाउनमा ध्यान लगाउनुपर्छ ।

महिलाको प्रसंगमा नबोल्ने महिला सांसद

यस्तै आजको संसदमा बोल्ने सांसद महिला मध्ये तीन जना सांसदले महिलाको कुनै पनि प्रसंग लिकालेनन् । संसदमा बोल्ने पालो पाएकी नेकपाकी सांसद रामकुमारी झाँक्री, नेपाली काँग्रेसकी मीना पाण्डे र नेपाली काँग्रेसकी ज्ञानकुमारी छन्त्यालले बजेट सम्बन्धी बोल्दै गर्दा महिलाको प्रसंगै नल्याएका हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: