कैलाली ‘बोक्सी’ काण्डः भोलेबाबालाई पाँच वर्ष कैद र एक लाख जरिवाना


प्रकाशित मिति :2018-06-01 15:40:08

–महिला खबर –

ललितपुर । जिल्ला अदालत कैलालीर्ले भोलेबाबा (रामबहादुर चौधरी) सहित तीन जनालाई दोषी ठहर गर्दै कैद फैसला सुनाएको छ । घोडाघोडी नगरपालिका ५, की २० वर्षीया राधा चौधरीमाथि बोक्सी भन्दै कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्ष कैद सजाय र एक लाख जरिवाना भराउने फैसला गरेको हो ।

जिल्ला न्यायाधीश पशुराम भट्टराईको एकल इजलासले राधालाई बोक्सी भन्दै कुटपिट गर्ने सोही ठाउँका भोलेबाबाका सहयोगी किस्मती चौधरी (किस्मत) लाई ५० हजार जरिवाना, एक वर्ष कैद र पार्वती चौधरी (स्मारिका) लाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको हो ।

भोलेबाबा (रामबहादुर चौधरी)

यस्तै भोलेबाबालाई सहयोग गरेको भन्दै नियन्त्रणमा लिइएका सोही ठाउँका स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई भने अदालतले सफाई दिएको छ ।

राधामाथि कुटपिट गरेको भन्दै ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीले बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाएको थियो ।

राधालाई गएको फागुन २४ गते बिहीबार घर नजिकै गोठमा गोबर सोहोरेर फर्किदै गर्दा ६\७ जनाको समूहले चर्को स्वरमा कराउँदै ‘यही हो बोक्सी, समात्, समात् भन्दै कुटपिट गरेका थिए ।

भोलेबाबा रामबहादुर चौधरीको घरमा छरछिमेकीहरु चारैतिर घेरा बनाएर बसेका थिए । करिब २० मिनेटको पैदल दुरीमा रहेको भोलेबाबाको घरमा घिसार्दै राधालाई पु¥याइएको थियो । उनलाई गाउँलेको माझमा राखेर भोलेबाबा र उनकी सहयोगी ‘पार्वती माता’ ले निर्घात कुटपिट गरेका थिए । सो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

सोही दिन मुख्य आरोपी भोलेबाबा त्यसपछि अन्य आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । तर कानुनी कारवाहीको प्रक्रियामा जान नदिई भोलेबालाई सोही दिन छोडिएको थियो ।

चौधरीलाई बोक्सी भन्दै कुटपिट गरेको घटनामा तत्काल यथार्थ छानबिन गरी दोषी उपर कारवाही गर्न प्रधानमन्त्री कार्यालयले समेत जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

कुटपिटबाट गम्भीर घाइते भएकी राधाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भएको थियो । राधाको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोरेको थियो ।

बोक्सी आरोप लगाउने, यातना दिनेलाई कस्तो हुन्छ कार्वाही ? यो पनि हेर्नुहोस्

‘बोक्सी’ आरोप लगाउनेलाई यस्ताे छ सजाय

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: