श्रीमानले जुवामा हारेपछि श्रीमतीको बलात्कार


प्रकाशित मिति :2018-06-01 17:04:29

ललितपुर । भारतको ओडिसास्थित एक गाउमा घटेको घटनाले द्रौपदी र महाभारतको सम्झना दिलाउछ । जहाँ एक व्यक्तीले जुवामा बाजी हारेपछि आफ्नो श्रीमती अरुलाई नै बलात्कारका लागि दिए ।

गएको मंगलवार प्रहरीले श्रीमान विरुद्व जाहेरी लिन अश्विकार गरेपछि पीडित महिला न्याय खोज्दै बालासोरका एसपी जे के भनोट समक्ष पुगिन् । आरोपी सोही गाउँ निवासी अभिराम दलाई रहेको पहिचान भएको छ ।

ती दम्पतीको १६ वर्ष अगाडि विवाह भएको थियो र उनीहरुका एक छोरा र एक छोरी छन् । २२ मे को रात पीडितलाई उनका श्रीमानले आफूसँगै खेत नजिकै कर गरे जहाँ दलाई उनलाई पर्खिरहेका थियो । उनका श्रीमानले उनलाई आरोपितसँग शारीरिक सम्बन्ध राख्न भने । के भइरहेको थियो भनेर सोच्न नभ्याउदै उनलाई दलाइले घिसारेर लग्यो र बलात्कार ग¥यो ।

बलात्कार हुनु भन्दा अगाडि पीडित जुवाको बारेमा अनभिज्ञ थिइन् । उनले आरोपमा भनिन् कि दलाइले उनलाई एकान्तमा लिएर गयो र बलात्कार ग¥यो । राती घर फर्के पश्चात उनका श्रीमानले उनलाई यातना दिन शुरु गरे ।

घटनाको बारेमा दम्पतीका छोराछोरीले तिनीहरुका मामालाई खबर गरे । पिडीतका माइतीको हस्तक्षेप पश्चात पनि ती महिलाका श्रीमानले उनलाई सताउन छाडेनन् ।

पीडितका बाबुले गाउँलेको सहयोगमा मुद्वालाई मिलाउन खोजे । गाँउमा बैठक बस्यो तर निचोडमा पुग्न सकेन । तत्पश्चात पिडीतले बालियपाल प्रहरीमा लिखित उजुरी दर्ता गरिन् । तै पनि प्रहरीले उनको उजुरी दर्ता गरेन । त्यसको सट्टा घटनालाई मिलाउन सुझाव दियो । घटना बालासोरका एसपी भानोटको कहाँ लगे पश्चात मात्रै दर्ता भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: