सार्वजनिक यातायातमा यस्ता पीडा भोग्छन् महिला


प्रकाशित मिति :2018-06-01 17:43:39

-महिला खबर-

ललितपुर । ‘त्यो व्यक्ति शुरुमा टाँसिन खोज्यो’ बसमा चढेर कलेज गइरहेको एक दिनको घट्ना सम्झिँदै ती छात्राले भनिन्, ‘उसले फेरि मेरो छातीमा हात पुर्‍यायो ।

’छात्राको भनाइले राजधानीको सार्वजनिक यातायातमा महिलाले भोग्नु परेको समस्याको एउटा हद दर्शाउँछ । रातसाँझको बेला ।

काठमाडौंका चौकहरुको थामिनसक्नुको भिडभाड । घर पुग्नै पर्ने हतारो । बसमा कोचिएर झुन्डीदै नचढी धरै छैन । जसोतसो बसभित्र पसेपछि मुस्किलले समातिएको डण्डीमा हातमाथि हात राखेर दिने हैरानी ।

सम्हालिएर उभिनसक्ने ठाउँ हुँदाहुँँदै पनि महिलाको शरीरमा टाँसिएर उभिने व्यक्तिबाट उत्तिकै पीडित छन्, महिलाहरु । तिनै मध्येकी एकजना हुन, ज्ञानु कार्की । जवरजस्ती टाँसिएर बस्न खोज्नेहरुलाई सम्हालिन आग्रह गर्दा ‘निजी मोटरमा चढ्नु नी’ भन्ने पाराका खप्की खानुपर्छ ।

सार्वजनिक यातायातमा महिलाले भोग्नु परेका समस्यामा केन्द्रित सञ्चारिका समूहको टेलिभिजन कार्यक्रम समकोणको छलफलमा सहभागी महिलाहरुले यात्राको क्रममा भोगेको दुव्र्यवहारबारे बताएका थिए ।

कार्यक्रममा नेपाल इभ्यालुसन एण्ड एसेसमेण्ट टिम निटका एकजना अनुसन्धाता जीवनराज लोहनीले सन् २०१६मा सो संस्थाले गरेको अध्ययनलाई उदृत गर्दै करिव ९० प्रतिशत महिलाले सार्वजनिक यातायातमा दुर्व्यवहार भोग्नु परेको बताए । यात्रा गर्दा महिलाले शारिरिक मानसिक हिंसा भोग्नुपरेको पनि उनले बताए ।

कार्यक्रममा मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाले महिलालाई दुव्र्यवहार गर्नु एक किसिमको मानाबैज्ञानिक समस्या भएको बताए ।

कार्यक्रममा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघकी उपाध्यक्ष पुष्पा श्रेष्ठले आफ्नो मातृ संस्था जलजला यातायातका बसहरुमा सीसी क्यामेरा जडान गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले राजधानीमा साझा यातायातले चलाएका सबै ४७ वटा बसमा सीसी क्यामेरा जडान गरिएका कारण ती बसमा महिलामाथि दुव्र्यवहार भोग्नु नपरेको देखिएको थाहा पाएपछि सो प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

कार्यक्रममा मुख्य वक्ताको रुपमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ र अधिकारकर्मी एबं लेखक राधा पौडेल हुनुहुन्थ्यो । समकोणको सो अंक आज शुक्रबार (२०७५ जेठ १८गते) राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रशारण हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: