बलात्कृत बालिकाको प्रश्नः मैले कहिले न्याय पाउँछु ?


प्रकाशित मिति :2018-06-02 10:00:57

 

–महिला खबर–

ललितपुर । ओखलढुंगाको मानेभञ्ज्याङका डगे बहादुर श्रेष्ठले सदरमुकाममा होटेल सञ्चालन गरेका थिए । डगे श्रेष्ठको श्रीमती मेरो आमाको माइतीको नाता पर्ने ।

हामी ६ भाईबहिनी पढाउन हुर्काउन आमा बुबालाई निकै गाह्रो थियो । म ८ वर्षकी छँदा खान लगाउन दिने, विद्यालय पढाइदिने सर्तमा होटेल मालिकले बुबाआमाबाट छुटाएर लिए । होटेलमा मैले खाना पकाउनेदेखि लिएर खाना खुवाउने, भाँडा धुने, होटेलको सरसफाइ गर्ने काम सबै गरेँ ।

काम गरे बाफत पैसा दिने, विद्यालयमा पनि पढाइदिने भन्दा आमा हुरुक्कै भईहोलिन् सायद त्यो बेला । ८ वर्षकै उमेरदेखि होटेलमा गर्नुपर्ने सबै काम गरेँ । न त मलाई विद्यालय पढायो, न त काम गरेबाफत पैंसा नै दियो ।

होटेलमा लगातार काम गर्दाको पीडा कतिसम्म भागेछु मलाई मात्रै थाहा छ । मैले यो पीडा न आमाबुबालाई भन्न सके न दिदी दाईलाइ । आफूले पाएको पीडाको श्रृंखला सम्झिदा अहिले पनि मन पोल्छ ।

एक छाक पेट भर्न मैले ३ वर्षसम्म दिनहुँ सयौंका जुठा भाँडा माझेँ । ३ वर्षपछि होटेल बन्द गर्‍यो। फेरि घरको काममा लग्यो । घरमा पनि घरको सरसफाई गर्ने, लुगा कपडा धुने, जुठा भाँडा माझ्ने काम गरेँ ।

साहुँको घरमा गाडी थियो । गाडी चलाउने ड्राइभर साँझ सधै घरमै खान खान आउँथ्यो । एक दिन राति ९ बजेको हुँदो हो सायद । गाडी ल्याएर ड्राइभर असिम राई घरमा आयो । मलाई साहुले गेट खोल्न लगाए । तल आएर गेट खोलेँ । गाडी राखिसकेपछि उसैलाई मैले खाना खुवाउनुपर्ने थियो ।

भान्छामा खाना पस्केर राख्दा एक्कासी मेरो मुख छोप्यो । चिच्याउन समेत दिएन, ममाथि जबरजस्ती गर्‍यो। मैले त्यसलाई प्रतिकार गर्न सकिन । १४ वर्षकी म कसरी त्यति ठूलो मान्छेलाई आक्रमण गर्न सक्थे र ? त्यसले त मलाई एकोहोरो मुख छोपेर जबरजस्ती गरिरह्यो ।

यो कुरा कसैलाई भने मारीदिन्छ भन्दै धम्की दिएपछि मैले कसैलाइ भन्ने हिम्मत गरिन् । बालखमै बाआमाबाट टाढा पारिएकी मैले कोसँग आफ्ना कुरा राख्नु । मेरो कुरा सुन्ने कोही छैनन् भन्ने लाग्यो । कसैलाई भन्ने हिम्मत गरिन ।

आज भोली गर्दै पेट बढ्दै गएको रहेछ मलाई थाहै थिएन । महिनावारी रोकिएर पेट बढ्दै जाँदा आफैलाइ अच्चम्म लाग्न थाल्यो । ९ महिनामा पेट ठूलो देखिएपछि सबैले थाहा पाए । के भयो भन्दै सबैले सोध्न थाले ।

कसको पेट हो भन्दै सबैले प्रश्न गर्न थाले । सबैले कुरा काट्न थाले । घरको साहुले कसको पेट हो भन्दै सोध्न थालेपछि मैले त्यो ड्राइभरले गरेको सबै कुरा भने ।

साहुँले मलाई ड्राभइभरको घरमा लग्यो । उसको घरमा पनि श्रीमती छोराछोरी रहेछन् । गाउँका मान्छे सबै जम्मा भएर उसैको जिम्मा लगाइ दिने निर्णय गरे । तर मलाई त्यो कुरा मञ्जुर थिएन ।

एक दिन उसको घरमा बसेर भोली पल्ट म फर्किहाले । अहिले मसंग त्यही जबरजस्ती करणीबाट जन्मेको छोरा छ । त्यो पनि १४ महिनाको भइसक्यो । छोरा जन्मिसकेपछि मान्छेले अनेक कुरा गर्न थाले ।

हिँड्ने बाटोमा, टोल टोलमा मेरै चर्चा परिचर्चा हुन थाल्यो । मेरै कारण मेरो आमा बुबालाइ समेत गाउँमा बस्न सक्नुको अवस्था भएन । तर बाध्यता छ, गाउँमा बस्न । १६ वर्षको उमेरसम्म मात्रै आइपुग्दा अनेक ठक्कर खाइयो ।

समाजले हेर्ने दृष्टिकोण नै मेरो लागि फरक हुँदा मलाई गाउँमा बस्ने वातावरण नै भएन । अहिले म यही छोरो बोकेर काठमाडौंको एक सेल्टरमा बसिरहेकी छु ।

जिन्दगी लामो छ । जति दुःख लागे पनि आफूले जन्म दिइसकेपछि आफ्नो सन्तानको माया लाग्दोरहेछ । छोरालाई हेरेपछि सबै पीडा बिर्सन्छु । अहिले सेल्टरमै सिलाइ बुनाइ सिकिरहेकी छु ।

विद्यालय पनि जान्छु । म अहिले कक्षा ५ मा भर्ना भएकी छु । आफ्नो नाम आफै लेख्न, नेपालीमा लेखेको कुरालाइ उच्चारण गर्न सक्छु ।

कहिलेकाहिँ दुःख लाग्छ । म महिला भएकोमा जबरजस्ती गर्ने अनि यो कुरा अरुलाइ भने मार्ने भन्दै धम्की दिने पुरुष समाजमा ठाडो शीर पारेर हिँड्न पाउने अनि म भने विस्थापित हुनुपर्ने ।

घट्ना भएको मिती पनि थाहा छैन मलाई । बच्चा जन्मेको दिन पनि थाहा छैन । छोरा जन्मेको १४ महिना भयो भन्ने मात्रै थाहा छ । के बार के दिन भन्ने समेत थाहा छैन ।

मलाई यो अवस्थासम्म ल्याउने अपराधी अहिलेसम्म पक्राउ पनि परेको छैन । प्रहरीले एउटा बलात्कारीलाई पक्राउ गर्न नसक्ने अनि म जस्ता अबोध बालिकाहरु घर गाउँबाट विस्थापित हुनुपर्ने ! कहिले पाउछु मैले न्याय ?

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: