तीन पत्रकार महिलासहित ६ सम्मानित


प्रकाशित मिति :2018-06-02 17:14:39

–महिला खबर–

ललितपुर । तीन पत्रकार महिलासहित ६ जना पत्रकारलाई ‘सातौ रोटरी जोर्नो अवार्ड २०१८’ बाट सम्मानित गरिएको छ । रोटरी डिष्ट्रिक ३२९२(नेपाल भुटान) ले शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाली पत्रकारिताका माध्यमबाट जनमानसमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै उक्त पुरस्कारबाट सम्मान गरेको हो ।

  

उनीहरुलाई फरक–फरक विद्यामा छिनोट गरिएको हो । जसअन्तरगत अर्थ पत्रकारितातर्फ सम्मानित हुनेमा गोरखापत्र दैनिकका राधा चालिसे, महिलातर्फ बीबीसी नेपाली सेवामा कार्यरत बसुन्धरा अधिकारी गौतम,र चक्रपथ डटकमका पत्रकार विनु पोखरेल रहेका छन् । अन्य सम्मानित हुनेमा स्वास्थ्यतर्फ नागरिक दैनिकका दीपक दाहाल, कान्तिपुर दैनिकका शिक्षा पत्रकार मकर बहादुर श्रेष्ठ र वातावरणका क्षेत्रमा सन्देशमुलक कार्यक्रमलाई प्राथमिकता दिने आँखीझ्याल कार्यक्रम रहेका छन् ।

उनीहरुलाई नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, रोटरी क्लवका डिस्ट्रिक गर्भनर सञ्जय गिरी लगायत उच्च पदस्त व्यक्तिहरुले नगद पुरस्कारसहित कदरपत्रद्धारा सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव विष्टले पुरस्कारले राजनीति भन्दा बाहिर समेत पत्रकारितामा अथाह सम्भावना छ भन्ने सन्देश दिएको बताए ।

डिस्ट्रिक गर्भनर गिरीले रोटरीले विगतदेखि नै सामाजिक क्षेत्रमा काम गर्दै आएको भन्दै पुरस्कारले पत्रकारहरुमा थप हौसला प्रदान गर्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: