दुई पत्रकार महिलासहित पाँच पुरस्कृत


प्रकाशित मिति :2018-06-03 13:46:20

–महिला खबर–

दोलखा । दोलखामा दुई पत्रकार महिलासहित विभिन्न पुरस्कारबाट पाँच जना पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ दोलखा शाखाले स्थापना गरेको इन्द्रमणी पत्रकारिता पुरस्कारबाट पत्रकार सर्मिला बुढाथोकी पुरस्कृत भएकी छिन् । समाजसेवी माधवमणी राजभण्डारीले आफ्नो स्वर्गिय पिताको नाममा अक्षयकोषको स्थापना गरेका हुन् ।


यस्तै वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले मेहेरमान फाउण्डेशन मार्फत आफ्नो आमा स्व. हेमन्तकुमारी प्रधानको स्मृतिमा स्थापना गरेको ‘हेमन्तकुमारी महिला सम्मान राष्ट्रिय पुरस्कार २०७४’बाट पत्रकार एलिजा उप्रेतीलाई पुरस्कृत गरिएको छ ।

त्यसैगरी ‘इन्द्रमणी पत्रकारिता पुरस्कार २०७४’ बाट पत्रकार बाबुराम शर्मालाई पुरस्कृत गरिएको छ । यस्तै नेपाल पत्रकार महासंघ दोलखा शाखाले जिल्ला समन्वय समिति दोलखाको सहयोगमा स्थापना गरेको ‘विकास पत्रकारिता पुरस्कार २०७४’ बाट पत्रकार राजेन्द्र मानन्धर र प्रदेश सदस्य पशुपति चौलागार्इंको सहयोगमा स्थापना गरेको ‘गणतान्त्रिक पत्रकारिता पुरस्कार २०७४’ बाट पत्रकार शम्भु गौतमलाई पुरस्कृत गरिएको छ ।


सो अवसरमा नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेश सदस्यमा निर्वाचित नेपाल पत्रकार महासंघ दोलखा शाखाका सदस्य रविन्द्र गौतम र जानुका अधिकारीलाई सम्मान समेत गरिएको थियो ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव ओम शर्मा, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, पुरस्कृत पत्रकार शम्भु गौतम र नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिव विनिता शिवाकोटी लगायतले मन्तव्य राखेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: