बोको हराम पीडित महिलामाथि सैनिकको यौन हिंसा


प्रकाशित मिति :2018-06-03 16:12:01

ललितपुर । नाईजेरियाको विद्रोही समूह बोको हरामको अमानवीय यातनाबाट बचेका महिलाहरु नाईजेरीयाका सैनिकहरुबाट हुने यौन हिंसा खेप्न बाध्य छन् ।

उत्तरी नाईजेरियामा अवस्थित एक विस्थापीतहरुको क्याम्पमा आएको केही बेरमा, एक जना सैनिक हालीमालार्ई कुखुराको मासु र तरुल दिनका लागि नजिक आयो । हालीमालाई त्यो सैनिकलाई चिन्न कुनै गह्रो परेन ।

उ हालीमाको श्रीमानलाई थुनामा राख्नका लागि यातना दिँदै लैजाने मध्येको एक थियो । उनले केही दिनदेखि खाना पर्याप्त पाएकी थिइनन् । त्यसैले मनमा डर हुँदा–हुँदै पनि सैनिकको खाने कुरा स्वीकारिन् । सैनिकले खाना दिएबापत यौन सम्बन्धको प्रस्ताव राख्यो । हालीमाले डरका कारणले ‘हुन्न’ भन्न सकिनन् ।

‘सैनिकहरु त राजा हुन । उनीहरुलाई देख्ने सबै डराएकै हुन्छन् । म २०१५ को अन्ततिर जब बामा अस्पतालमा रहेको क्याम्पमा आएँ, मलाई कसैसँग यस्तो सम्बन्धको बारेमा नभन्न कडा धम्की दिईयो । त्यसपछि उनीहरुले जे–जे भने त्यहि गरें’ हालीमाले भनिन् ।

हालीमा, बोको हरामको क्रुर यातना पश्चात पनि सैनिकहरुको यौन हिंसाको चंगुलमा फसेका हजाराैं महिला मध्ये एक हुन् । उनीहरु नाईजेरियाली सेनाको शोषणबाट अछुत रहन पनि सकेका छैनन् ।

एम्नेष्टी ईन्टरनेसनलले तयार पारेको एक प्रतिवेदन अनुसार, ‘महिलाहरुलाई क्रुर यातना दिईयो । घरबाट जबरजस्ती निकालिएका महिलारुको एक विवरण सहितको एक दस्तावेज तयार परियो । उनीहरुलाई श्रीमानहरुबाट अलग गरेर उत्तरी नाईजेरियाको दुर्गम स्थानमा रहेको स्याटेलाईट क्याम्पमा लागेर राखियो ।’

क्याम्पमा खाद्यान्न अभाव छ । त्यहि अभावलाई उपयोग गर्दै सैनिकहरु तथा तिनीहरुका सहयोगीहरुले अख्तियारीको दुरुपयोग गर्दछन् । र महिलाहरुलाई जबरजस्ती करणी गर्दछन् । महिलाहरुलाई यौन सम्पर्क गर्न बाध्य पार्नका लागि खाद्यान्न तथा अन्य आवश्यक समानहरु दिने गर्दछन् जो अन्तराष्ट्रिय कानुन अनुसार बलात्कार सावित हुन्छ । सैनिकहरुले कहिलेकाँहि त महिलाले नमानेमा जबर्जस्ती पनि गर्दछन् ।

हावा भन्छिन्, बामा अस्पताल क्याम्पमा आईसकेपछि उनलाई धेरै पटक सैनिकहरुले बलात्कार गरे । जुन भोकमरीले निम्त्याएको एक दुखद परिणाम हो ।

‘म २०१६ मा अरु १ सय ३० महिला तथा बालबालिकसँगै यहाँ अएकी थिएँ । हाम्रो समूहका ५८ जना त खाना र पानी नपाएर पहिलो चार महिना मै मरे’ हावाले भनिन् ।

हावले थपिन, ‘तपाईं हातमा खानेकुरा समातेका सैनिकरुलाई देख्न सक्नुहुन्छ, जसले महिलहरुलाई भन्ने गर्दछन् कि यदि मलाई मन परायौ भने खाना लिन सक्छौ । यदि खानेकुरा स्वीकार ग¥यो भने उनीहरु पछि यौन सम्पर्क गर्न आँउछन् । यदि यौन सम्पर्क गर्न अस्वीकार गरेमा जबरजस्ती करणी गरेर जान्छन् ।’

क्यम्पमा दैनिकजसो मृत्यू हुन थालेपछि, मानवीय सहायता पनि बढाईएको छ । धेरै महिलाहरुलाई त क्यम्पबाट बाहिर निस्किन समेत दिईदैंन । उनीहरु कति दिन त भोक–भोकै बस्न बाध्य हुन्छन् । यस्तो अवस्थामा यौन शोषणका घटनाहरु ह्वात्तै बढ्ने गर्दछन् ।

सन् २०१२ देखि जब बोको हरामले उत्तरी नाईजेरियका नगरिकहरुमाथि आक्रमण गर्न सुरु गर्यो एम्नेस्टी ईन्टरनेशनलले हरियारधारीहरुले यौन दुराचार गरेको उजागर गर्दै आएको थियो ।

बलात्कार र यौन हिंसा त सैनिकहरुले महिलाका बिरुद्ध गर्ने अनेकांै अन्याय र अत्याचार मध्येको एक उदाहरण मात्र हो । महिलाहरुले भने अनुसार सैनिक कारबाहीका क्रममा उनीरुहका गाउँ जालाईएका छन् । गाउँलेहरु गाउँ छोड्न बाध्य छन् । खाद्य अभावको अवस्था श्रृजना गरेका छन् । श्रीमान र छोराहरुलाई जेल हालिएको छ । र उनीहरुलाई यातना समेत दिने काम गरेका छन् ।

गिवा ब्यारेकमा मात्र सन् २०१५ यता कम्तिमा ३७ जना महिलाको मृत्यू भएको एम्नेस्टी ईन्टरनेशनलले जनाएको छ । बोको हरामले कब्जा गरिएको क्षेत्रमा बसेकै कारणले महिलाहरुलाई सेनाले शंका गर्दछ र सयौंलाई थुनामा राखेर यातना दिने गर्दछ ।

२५ वर्षीया जाराले भनिन्, ‘उनीहरुले महिलाहरुलाई तिमीहरुका श्रीमानहरु कहाँ छन भनि केरकार गर्छन् र बेस्सरी कोर्रा लाउँछन् । मेरा बच्चाहरुलाई यातना दिए र बोको हरामका बच्चा भएको आरोप समेत लागाए । म त्यतिबेला गर्भवती थिए । दुई वर्ष गिवा ब्यारेकमा बसें र अत्यन्त प्रतिकुल अवस्थामा उक्त ब्यारेकमै बच्चा जन्माएँ ।’

लामो समयदेखि नाईजेरियाले संयुक्त राष्ट्र अमेरिका र बेलायतसँग गठबन्धन गर्दै आएको छ जसले बोको हरामलाई धेरै अपराध गरेको आरोप लगाएको छ । तर नाईजेरियली सेनालाई भने जे गर्न पनि स्वतन्त्रता दिएको छ ।

यद्यपि, संयुक्त राष्ट्रसंघीय मानवतावादी एजेन्सीले पनि कयौं दुराचार गरेका छन् । उनीहरुले महिलाहरुलाई बन्दी बनाएका छन् । सैनिक क्यम्प भित्रै यौन शोषण गर्ने तथा क्रुर यातना समेत दिएका छन् ।

गतवर्ष नाईजेरियाका कार्यबहाक राष्ट्रपति, येमि ओसिन्बाजोले सैनिक क्यम्पमा हुने मानव अधिकार हनन्का घटनालाई छानबिन गर्न एक अनुसन्धान समिति गठन गरे । तर कुनै प्रगति भएन र क्यम्पमा रहेका महिलाहरुको अवस्था झन् खराब भयो ।

यी सबका बाबजुद पनि महिलाहरुले अन्याय विरुद्धको लडार्इं जारी रखेका छन् । उनीहरुको लडार्इं श्रीमान र छोराहरुको सुरक्षित रिहाईका लागि पनि हो । सन् २०१७ मा सयौं विस्थापित महिलारु राष्ट्रपतिले गठन गरेको अनुसन्धान समितिलाई आफ्ना कथाहरु सुनाउन सडकमा घण्टौ लाईन बसे । साथै उनीहरुले आफ्ना प्रियजनहरु जसलाई क्यम्पमा यातन दिईएको र मारिएको थियो, त्यसको फेहरिस्त समेत बुझाए ।

ती मध्ये एक महिललाले भनिन्, ‘यो हामी माथी भएको अत्याचार हो जो अब फिर्ता हुन संभव छैन । तर पनि सरकाले यसको सहि तरिकाले सम्बोधन गर्नुपर्छ । सरकाले हाम्रो पीडा बुझ्नु पर्छ र अब यस्तो हुने छैन भनि हामीलाई निश्चिन्त बनाउनु पर्छ ।’

स्रोत : अलजजीरा

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: