परीक्षार्थीलाई निरीक्षकले गरे यौन दुर्व्यवहार


प्रकाशित मिति :2018-06-04 12:41:06

ललितपुर । पाकिस्तानमा एक कलेजको परीक्षाका क्रममा भएको यौन दुर्व्यवहार विरुद्धमा उजुरी परेपछि शिक्षा विभागले एक निरीक्षकमाथि छानबिन थालेको छ ।

गत हप्ता ईस्लामावादमा रहेको बरिया नामक कलेजका दर्जनाैं विद्यार्थीहरुले जीव विज्ञानको प्रयोगात्मक परीक्षाका बेला निरीक्षक सादत बशिरले उनीहरुमाथि यौन ज्यादती गरेको आरोप लगाएका थिए ।

एक जाना छात्राले भने अनुसार, ती निरीक्षकले उनको नितम्ब मुसारे र ब्राको फित्ता खुस्काईदिए ।

घटनाका बारेमा कसैलाई भनेमा अंक घटाई दिने धम्की समेत दिएको कुरा सामाजिक सञ्जालमा भाईरल भएको थियो ।

तर बशिरले भने उक्त आरोप असत्य भएको जिकिर गरेका छन् । घटना हुँदा छात्राहरु बरिया कलेजमा जीव विज्ञान विषयको प्रयोगात्मक परीक्षामा सामेल भएका थिए । फेसबुकमा एक जना विद्यार्थी लेख्छन् सरकारी परीक्षा बोर्डले पठाएका एक जना निरीक्षक, मिस्टर बशिरले उनी काम गरिरहेको बेला उनी माथि नराम्रो कमेन्ट गरे दुई पटक गलत उद्देश्यले छोए पनि ।

अर्र्की एक छात्राले उनका साथीहरुलाई पनि बशिरले कयाैं पटक गलत आशयले छोएको देखेको बताएकी छिन् । उनले थपिन्, उनी लगायत साथीहरु एकदमै डराएका थिए । कलेजको एक जना कर्मचारीलाई घटनाका बरेमा जानकारी पनि दिए । तर ती कर्मचारीले केहि समय यसबारे नबोल्न सल्लाह दिए ताकि उनीहरुको ग्रेड नघटोस् ।’

उक्त घटना पाकिस्तानको एक ख्यातिप्रप्त सैनिक विद्यालयको हो । घटनाका बारेमा गहन छलफल भएको थियो । बशिरले आफू विरुद्धको अभियोग अस्वीकार गर्दै आएका छन् ।

उनी भन्छन्, आरोपहरु निराधार छन् । किनकी, म ग्रेडको मामलामा अत्यन्तै कडा थिएँ र उनीहरुलाई मैले अतिरिक्त ग्रेड दिईन । त्यसैले मलाई यस्तो आरोप लगाएका हुन् ।’ यस बारेमा बरिया कलेजले तत्काल कुनै प्रतिक्रिया दिन मानेन । तर परीक्षा बोर्डलाई औपचारिक रुपमा गुनासो गरेको जानकारी दियो ।

त्यसैगरि पाकिस्तानको संघीय शिक्षा निर्देशनालयले घटनाको छानबिनका लागि एक कमिटि गठन गरेको दाबी गरेको छ । साथै अर्को हप्ता अनुसन्धानबाट पत्ता लागेका तथ्यहरु सार्वजनिक गर्ने जनाएको छ ।

यो घटना पाकिस्ताका सामाजिक सञ्जालहरुमा अधिक प्रचारमा आयो । जसलाई निकै ठूलो संख्यामा समर्थन मिलेको थियो । यस घटनामा ह्यासट्याग मि टू र ह्यासट्याग टाईम्स अप अभियान जो यौनजन्य हिंसाका विरुद्धमा गरिएका ठूला अभियानहरु थिए, तिनलाई पनि जोडिएको छ ।

निरीक्षकलाई कारबाहीकोे माग गर्दैै २० हजार भन्दा बढीले हस्ताक्षर संकलन गरेर सम्बन्धित निकायलाई बुझाएको उल्लेख गरिएको छ ।

स्रोत : बीबीसी

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: