जातीय छुवाछुत गर्नेलाई कानूनी कारबाही हुन्छ : प्रधानमन्त्री


प्रकाशित मिति :2018-06-04 13:02:26

– महिला खबर

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले समतामुलक समाज निर्माण गर्न छुवाछुत प्रथाको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।

जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा सुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपालको संविधानको प्रस्तावनामै सबै प्रकारका जातीय छूवाछुतको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएको बताए ।

विगतका दास प्रथा, सती प्रथा, कमैया प्रथाजस्तै छुवाछूत प्रथाको अन्त्य गर्न आवश्यक रहेको बताउँदै ओलीले यसको लागि सबैले हातेमालो गर्नु पर्नेमा जोड दिए ।

नेपाल जातीय छुवाछुत मुक्त घोषणा भइसकेको सन्दर्भमा कतिपय ठाउँमा छुवाछुत कायमै रहेकाले यस्ता छुवाछुत गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने बताए ।

नेपाल विभिन्न जातजाती, धर्म संस्कृती रहेका व्यक्तिका साझा थलो भएकाले सबैले समान हैसियतले बाँच्न पाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

‘आधुनिक राष्ट्रका लागि जातीय छुवाछूत गम्भीर चुनौति हो’ भन्दै प्रधानमन्त्री ओलीले छुवाछुत सामाजिक र नैतिक भ्रष्टाचार तथा मानवीय गरिमा विरुद्धको अपराध भएकाले यस्तो कार्य गर्ने कसैलाई छुट नदिने बताएका छन् ।

ओलीले जात, जाति, समूदाय वा पेशाका आधारमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गर्न संविधानले निषेध गरेकाले छुवाछुत गर्नेलाई उन्मुक्ति नदिइने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: