दलित हुनुको पीडा संसदमा यसरी पोखिन् कलुदेवीले


प्रकाशित मिति :2018-06-04 15:20:44

– कलुदेवी विश्वकर्मा, सांसद

सबभन्दा दुःख लाग्दो कुरा के छ भने काठमाडौंमा छुवाछुतको भेदभाव छ । मैले कोठा खोजेको १ महिना भयो । दलित भएर कोठा पाएनौं ।
सबै भन्छन् कि छुवाछुत अन्त हुने भो । छुवाछुत हुँदैन भनेर हामीले संसद भित्र सुनिरहेका छौं । तर, छुवाछुत त काठमाडौंमै छ । गाउँघरमा त कस्तो होला ?

काठमाडौंमा त यस्तो छुवाछुत छ भने गाउँमा हामीले सुतेको ठाउँमा लिपेर पोतेर जानुस् भन्छन् । खाएको थाल घोप्ट्याएर जा भन्छन् । छुवाछुतको अन्त्य नभएसम्म हामी दलित एक नारा लगाएर जान्छौं ।

दलितका दलित हामीलाई नराखिदिनुस् । यो दलित भन्ने शब्द हट्नुपर्छ । यो शब्द हटाउनुपर्छ । हामी दलित होइनौं । हामी शिल्पी हौं । हामीले बनाएका भाँडा बर्तन तिनका कोठाभित्र जाने अनि हामी अछुत कसरी भयौं ?

हामीले बनाएका कपडा भित्र जाने, हामीले बनाएका गरगहना भित्र जाने, हामीले बनाएका बाँसका छाप्रा भित्र जाने हामी अछुत कसरी भयौं ? यो जसरी हुन्छ हट्नुपर्छ । संसद भित्रबाटै हटाउनुपर्छ । छुवाछुत गर्नेलाई कडा कानून बनाएर हटाउनुपर्छ ।

याे पनि हेर्नुहाेस् : दलित भएकै कारण सांसदले डेरा पाइनन् 

भेदभाव अति दुःखलाग्दो कुरा छ । गाउँघरमा जानुस् बाहिरको कुकुर भित्र राख्छन् । बिरालो भित्र राख्छन् । हामी कसरी अछुत भयौं ? तपाई काट्यो खुनै, हामी काटे खुनै ।

हामी पनि मान्छे हो । मानिस हो । यो छुवाछुतको भेदभावना अन्त्य हुनुपर्छ । होइन भने दलित एक भएर नारा लगाउँछौं । चाहे मरौं, चाहे काटौं, चाहे जे सुकै होउँ ।

हामीले बनाएको भाडा बर्तन ठूला ठूला मन्दिरमा चढ्ने अनि हामी अछुत कसरी हुने ? सभामुख महोदय । जसरी हुन्छ यो अन्त्य हुनुपर्छ । मेरो भनाई यहि टुङ्ग्याउँछु । धन्यवाद ।

(संसदको सोमबारको बैठकमा विशेष समय लिएर सांसद कलुदेवी विश्वकर्माले राखेको भनाइ ।) 

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: