जोखिममा बालबालिका


प्रकाशित मिति :2018-06-04 17:32:25

–सन्दिप वि.क–

ललितपुर । नेपालमा बालबालिका माथि जोखिम बढ्दै गएको विभिन्न तथ्यांकहरुले देखाएको छ ।  ती तथ्याङ्क अनुसार बालकको तुलनामा बालिकाहरु थप जोखिममा रहेका छन् । केन्द्रीय बालकल्याण समितिको नेपाल बालबालिकाको स्थिति २०७३ र ७४ लाई हेर्दा जोखिम झन् बढेको देखिएको हो ।

बलात्कृत हुने बालिकाको दर बढ्दो

प्रहरी प्रधान कार्यालय, महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७३-७४ मा जबरजस्ती करणीको अपराधका जम्मा एक हजार १ सय ३१ मुद्दाहरुमध्ये १८ वर्षसम्मका ७ सय ४३ जना बालबालिका जबरजस्ती करणीको अपराधबाट पीडित भएको देखिएको छ ।

यसमध्ये २ सय ११ जना बालबालिका १० वर्षमूनिका रहेको देखिन्छ । आर्थिक वर्ष २०७२-७३ मा जबरजस्ती करणीबाट १ हजार ९० जना पीडित भएकामा १८ वर्षमुनीका ६ सय ८१ जना बालिका (६२.५ प्रतिशत) रहेका थिए ।

यस्तै चालु आर्थिक वर्षको २०७४ को साउनदेखि फागुनसम्मको तथ्यांकलाई हेर्दा ७ सय ९५ वटा बलात्कारका घटनामा अधिकांश बालिकाहरु बलात्कृत भएका छन् ।

अधिकांश बालबिज्याइँका मुद्दा फैसला

आर्थिक वर्ष २०७३-०७४ मा जम्मा २ सय ३५ वटा बालबिज्याइँसम्बन्धी मुद्दा मध्ये १ सय ६२(६८.९ प्रतिशत) मुद्दा फैसला भइसकेका छन् भने बाँकी ७३ अर्थात ३१.१ प्रतिशत मुद्दा चालु अवस्थामा रहेका छन् ।

यस आ.व.मा फैसला भएका १ सय ६२ वटा मुद्दामध्ये १ सय १९ (७३.५ प्रतिशत) मुद्दामा बालबालिका दोषी ठहर भएका छन् ।

यस आर्थिक वर्ष १४ प्रकृतिका २ सय ३५ वटा बालबिज्याइँ सम्बन्धी मुद्दामा ३ सय ४७ (३ बालिका) बालबालिका प्रतिवादी रहेका छन्, जसमध्ये सबैभन्दा बढी १ सय १५ वटा मुद्दा जबरजस्ती करणी तथा थप १२ वटा जबरजस्ती करणी उद्योगका रहेका छन् ।

यस्तै आर्थिक वर्ष २०७२-७३ मा प्राप्त १ सय ३८ वटा बालबिज्याँईसम्बन्धी मद्दाहरु मध्ये १ सय २ अर्थात् ७३.९ प्रतिशत मुद्दाहरु फैसला भइसकेका छन् । बालबालिकाले गर्ने बिज्याँईहरुमा सबभन्दा बढी जबरजस्ती करणीसम्बन्धी मुद्दाको संख्या ३७ देखिएको छ ।

त्यसपछि साधारण चोरी सम्बन्धी बालबज्याँईको संख्या २७ देखिन्छ भने लागू औषधसम्बन्धी मुद्दाको संख्या १६ देखिन्छ । बालबिज्याँईमा संलग्न रहेका ४ जना बालिका र २ सय ३४ जना बालक गरी कूल २ सय ३८ जना बालबालिका क्रमशः भक्तपुर, विराटनगर र कास्कीमा सञ्चालित तीनवटा बालसुधार गृहमा रहेका छन् ।

पुड्कोपना हुने क्रम घट्दो

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार उमेरअनुसार उचाइ नपुगेका-पुड्कोपना भएका पाँच वर्षमूनिका बालबालिका ३६ प्रतिशत रहेका छन् ।

उमेरअनुसार तौल नपुगेका पाँच वर्षमूनिका बालबालिका २७ प्रतिशत रहेको र ख्याउटेपना (उचाई अनुसार तौल नपुगेका) भएका पाँच वर्षमूनिका बालबालिका १० प्रतिशत रहेको देखिएको छ ।

आर्थिक वर्ष २०७१-०७२ को स्वास्थ्य मनत्रालय, स्वास्थ्य सेवा विभागको प्रतिवदेन अनुसार उमेर अनुसार उचाइ नपुगेका-पुड्कोपना भएका पाँच वर्षमूनिका बालबालिका ३७.४ प्रतिशत, उमेरअनुसार तौल नपुगेका पाँच वर्षमूनिका बालबालिका ३० प्रतिशत रहेको र ख्याउटेपना (उचाई अनुसार तौल नपुगेका) भएका पाँच वर्षमूनिका बालबालिका ११प्रतिशत रहेको थियो ।

बालमृत्युदर बढ्दो

तथ्यांक अनुसार पाँच वर्षमूनिको बाल मृत्युदर (प्रति हजारमा) ३९, जन्मेदेखि एक वर्षसम्मको शिशुको मृत्युदर (प्रति हजारमा) ३२, जन्मेदेखि २८ दिनसम्मको शिशुको मृत्युदर (प्रतिहजारमा) २१ र कूल प्रजनन् दर २.३ रहेको छ ।

जुन आर्थिक वर्ष २०७१-०७२ मा पाँच वर्षमूनिको बाल मृत्युदर (प्रति हजारमा) ३८, शिशु मृत्युदर(प्रतिहजारमा) ३३, नवजात शिशु मृत्युदर, (प्रतिहजारमा) २३ र कूल प्रजनन् दर २.३ रहेको थियो ।

काठमाडौ उपत्यकालाई सडक बालबालिकामुक्त बनाउने अभियान कार्य निरन्तर सञ्चालन भइ आर्थिक वर्ष २०७३÷०७४ सम्ममा काठमाडौं उपत्यकामा ५ सय ९३ बालक (९०.४%) र ६३ जना बालिका (९.६%) गरी जम्मा ६५६ जना बालबालिकाको उद्धार गरी उनीहरुको व्यवस्थापन प्रक्रिया भैरहेको छ ।

उद्धार गरिएका बालबालिकामध्ये सबैभन्दा बढी १० देखि १४ वर्ष उमेर समूहका ४७ प्रतिशत छन् भने १५ देखि १८ वर्ष समूहका ३८.४% छन् र १० वर्षमूनिका करिब १५ प्रतिशत रहेको पाइएको छ ।

बढ्दो बालविवाह

नेपाल प्रहरीको तीन वर्षे तथ्यांक अनुसार तीन वर्षको बालविवाहमा वृद्धि भएको पाइएको छ ।
जसअनुसार आव ०७१-७२ मा २३ वटा बालविवाहको उजुरी दर्ता भएका थिए । यस्तै आव ७२-७३ मा २० वटा र ७३-७४ मा २० वटा बालविवाहका उजुरी दर्ता भएका थिए ।

केन्द्रीय तथ्याङ्क विभागको पपुलेसन मोनोग्राफ, सन् २०१४, भाग २ (सामाजिक जनसांख्यिकी) अनुसार १० देखि १८ वर्ष उमेर समूहका बालबालिकामध्ये २६.३ प्रतिशत बालबालिकाको बालविवाह भएको देखिएको छ ।

२ हजार भन्दा बढी बालबालिकाको उद्दार

आर्थिक वर्ष २०७३-०७४ मा हराएका भनी सूचित भएका बालबालिका २ हजार ७ सय ७२ जना (बालक १,०४७ र बालिका १,७२५) मध्ये ७ सय २० (बालक ३ सय ५३ र बालिका ३ सय ६७) जनाबालबालिका फेला परेका विवरण प्राप्त भएको छ भने अन्यको खोजी जारी छ ।

आर्थिक वर्ष २०७३-०७४ मा बाल हेल्पलाइन १ हजार ९८ (दश नौ आठ) बाट जोखिमपूर्ण अवस्थामा रहेका २ हजार ४१० जना बालबालिकाको उद्धार, राहत, मनोपरामर्श, पारिवारिक पुनर्मिलन र सामाजिक पुनस्र्थापना गरिएको छ ।

केन्द्रीय बालकल्याण समितिले २०७४ असार मसान्तसम्ममा भुकम्प प्रभावित १४ जिल्लाका जिल्ला बालकल्याण समिति मार्फत सङ्कलन गरेको जोखिममा परेका जम्मा ४७ हजार ५ सय ७० बालबालिकामध्ये ४८.३ प्रतिशत बालक र ५१.७ प्रतिशत बालिका रहेका छन् ।

जोखिममा परेका कूल बालबालिकामध्ये बालकल्याण समितिमार्फत कार्यक्रम अवधिभरमा जम्मा १५ हजार ३४ जना बालबालिकालाई र अन्य विकासका साझेदार संस्थाहरुबाट ८ हजार २ सय २२ जना बालबालिकालाई सहयोग प्रदान गरिएको छ ।

बजेटमा बालबालिका

बालबालिकासंग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने सात वटा मन्त्रालयहरुका लागि आर्थिक वर्ष २०७२-०७३ मा कूल बजेटको ३५.५५ प्रतिशत बजेट विनियोजन भएकोमा आ.व. २०७३-०७४ मा २.५ प्रतिशतले कमी भई ३३.०४ प्रतिशत हुन आएको देखिएको थियो ।

भने उक्त मन्त्रालयहरुबाट बालबालिकासम्बन्धी कार्यक्रमका लागि विनियोजित बजेट पनि २.५ प्रतिशतले नै कमी आएको देखिएको थियो । तर आ.व. २०७४-०७५ मा उक्त मन्त्रालयहरुका लागि १८.७६ प्रतिशत मात्र बजेट विनियोजन गरेको देखिएको छ ।

मन्त्रालयस्तरमा बालबालिका सम्बन्धी कार्यक्रमका लागि ४.८५ प्रतिशत मात्र बजेट विनियोजन भएको देखिएको छ । यस्तै आगामी आर्थिक वर्ष २०७५-७६ महिला‚ बालबालिका र जेष्ठ नागरिकतर्फ रू.१ अर्ब ८८ करोड १२ लाख बजेट विनियोजन गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: