पाठेघर खसेका १४ महिलाले उपचार पाउने


प्रकाशित मिति :2018-06-05 13:34:06

–एसबी जेरो–

ओखलढुंगा । सुनकोशी गाउँपालिका सिस्नेरीमा १४ जना पाठेघर खसेका महिला फेला परेका छन् । सिस्नेरीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा जचाउँन आएका महिलाको स्वास्थ्य परीक्षणबाट १४ महिलाको पाठेघर खसेको भेटिएको हो । १४ मध्ये आठ महिलाहरूमा थर्ड डिग्री अर्थात पाठेघर बाहिर निस्किएको समस्या पाईएका छ । उनीहरूलाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।

पाठेघर सम्बन्धी जटिल समस्या भएका महिलाहरू ४० देखी ६५ वर्ष उमेरका छन् । अरु छ जना पाठेघर सम्बन्धी सेकेन्ड डिग्री समस्या भएका महिला हुन् । उनीहरूलाई रिङ्ग पेसरी लगाई उपचार गरिएको छ । सेकेन्ड डिग्री समस्या भएका महिलाहरू ३० देखि ५० वर्ष उमेरका छन् । शिविरमा १ सय ५ जना महिलाले महिला रोग विशेषज्ञ चिकित्सकबाटस्वास्थ्य परीक्षण गराएका थिए ।

शिविरमा जटिल समस्या भनि पहिचान भएका आठ जना महिलालाई थप उपचारका लागि काठमाडौ जाँदा आउदा लाग्ने खर्च सुनकोशी गाउँपालिकाले व्यवस्था गरेको गाउँपालिका प्रमुख रुद्र प्रसाद अधिकारीले बताए ।

अधिकारीका अनुसार पाठेघर खसेका महिलाको उपचारका लागि प्रति व्यक्ती १० हजार यातायात खर्च व्यवस्था गरिएको छ ।

त्यसै गरी थर्ड डिग्री समस्या भएका महिलाहरूको काठमाडौमा निःशुल्क उपचारको व्यवस्था गरिने सहयोगी नेपालकी अध्यक्ष मेनुका पौडेलले बताईन् ।

पौडेलले पाठेघर खस्ने समस्या भएका महिलाहरूलाई नलुकाउन समेत आग्रह गरिन् । अधिकांश महिलामा सेतोपानी बग्ने, गन्हाउने पानी बग्ने, योनाङ्ग वरिपरि चिलाउने, महिनावारी गडबढी, अत्याधिक रक्तश्राव र पिसाव पोल्ने समस्या भेटिएको आयोजकले जनाएको छ ।

सुनकोशी गाउँपालिका ३ वडा कार्यलय सिस्नेरी र स्वास्थ्य चौकी सिस्नेरीको आयोजना तथा सहयोगी नेपाल काठमाडौको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन भएको हो । एक दिने शिविरमा पाठेघर खसेको पहिचान तथा स्त्रिरोग उपचार लगायत नाक कान घाटी, दन्त रोग र साधारण स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

निःशुल्क स्वास्थ्य शिविरमा सुनकोशी गाउँपालिका वाड नं.१, २, ३ र ४ का ४ सय ८४ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

शिविरमा विशेषज्ञ डाक्डरबाट १ सय ३५ जनाले नाक कान घाटीको निःशुल्क परीक्षण गराएका थिए भने ४९ जनाको दाँत, र १ सय ९५ जनाको साधारण स्वास्थ्य परीक्षण गएिको सिस्नेरी स्वास्थ्य चौकी प्रमुख पदम खड्काले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: