असमान कमाई र ज्यालाका कारण १६ सय खर्ब गुम्यो


प्रकाशित मिति :2018-06-06 15:20:51

ललितपुर । महिला र पुरुषबीचको असमान ज्यालाले विश्वले १६ सय खर्ब बराबरको सम्पत्ति गुमाएको छ । विश्व ब्यांकले आज सार्वजनिक गरेको रिपोर्ट अनुसार उक्त रकम विश्वका १४१ राष्ट्रका एक व्यक्ति बराबर २३ हजार ६२० डलर पर्न आउँछ ।

विश्व ब्यांकको ‘आयमा लैंगिक असमानता’ रिपोर्टले असमान कमाई र ज्यालाका कारण विश्वले गुमाईरहेको सम्पत्ति सार्वजनिक गरेको हो ।

रिपोर्टले महिलाले पूर्ण रुपमा काममा संलग्न हुन नसकेको र पुरुष बराबर कमाउन नसकेको तथ्याङ्क बाहिर ल्याएको छ । जसले गर्दा विश्वभरका हरेक मुलुकमा त्यो देशको कुल सम्पत्तिमा महिलाहरुको योगदान ३८ प्रतिशतमा सिमित रहेको देखाएको छ, भने बाँकी ६२ प्रतिशत योगदान पुरुषको छ ।

अविकसित र अल्पविकसित राष्ट्रहरुमा महिलाको योगदान एक चौथाई पनि छैन ।

असमान ज्यालाका कारण सबैभन्दा धेरै नोक्सान व्यहोर्ने पूर्वी र मध्य एशिया, प्यासिफिक क्षेत्र र उत्तर अमेरिकाका राष्ट्रहरु छन् । यी क्षेत्रका राष्ट्रहरुले ४०० देखि ५०० खर्ब बराबरको सम्पत्ति गुमाएका छन् ।

महिलाहरुका लागि उपयुक्त भौतिक पूर्वाधार, सुरक्षा, उनीहरुको स्वास्थ्य लगायतमा ध्यान दिंदा यो असमानता हट्ने र पुरुष बराबर कमाउन सक्ने रिपोर्टमा उल्लेख गरिएको छ ।

‘आयमा भेदभाव हुँदा विश्वले निकै ठुलो मुल्य चुकाइरहेको छ ।’ विश्व ब्यांककी प्रमुख कार्यकारी अधिकृत क्रिष्ट्लिना जर्जिएभा भन्छिन्, ‘अब प्रत्येक राष्ट्रले नीतिमा परिवर्तन गरेर महिला र पुरुषको समान ज्यालामा ध्यान दिन ढिला भइसकेको छ ।’ यो भयानक तथ्यको अन्त्य गर्न हरेक राष्ट्रले महिलालाई अगाडि सारेर समान ज्याला तथा काम दिनुपर्ने र यसको नेतृत्व प्रत्येक देशका सरकार प्रमुखले गर्नुपर्ने उनको भनाइ छ ।

समान ज्याला र कामको विषयमा जि–७ राष्ट्रहरुको बैठकमा समेत छलफल भएको थियो । जि–७ राष्ट्रहरुको नेतृत्व अहिले क्यानडाले गरिरहेको छ । जसले लैंगिक असमानता र महिला सशक्तिकरणमा जोड दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: