सामूहिक बलात्कारको धम्की दिएर पर्यटकलाई बलात्कार


प्रकाशित मिति :2018-06-06 15:29:37

ललितपुर । भारतको हिमाचञ्ल प्रदेशको कुल्लु जिल्लामा जापानी पर्यटक बलात्कृत भएकी छन् । उनलाई एक ट्याक्सी चलकले गत साता बलात्कार गरेका हुन् । ती चालकले उनलाई सामूहिक बलात्कार गर्ने धम्की दिदैं जबरजस्ती बलात्कार गरेका हुन् ।

करिब ३० वर्षकी ती महिलाले प्रहरीलाई भनिन्, ‘उसले मलाई ५/६ जना केटाहरु बोलाएर सामूहिक बलात्कार गर्छु भनेर धम्की दियो । जसले मलाई ६ वर्ष अघि दिल्लीमा सामूहिक बतात्कार पछि मृत्यू झेल्न बाध्य भएकी निर्भया नामकी किशोरीको याद आयो र प्रतिकार गर्न सकिन ।’

सांकेतिक तस्बिर

निर्भया बलात्कार काण्डका रुपमा चिनिने एक क्रुर यातना सहितको तलात्कारको घटना थियो । एक २३ वर्षीया युवतीलाई गुडिरहेको बसमा ६ जनाले १६ डिसेम्बर २०१६ मा सामूहिक बलात्कार गरेका थिए । घटनाको १२ दिन पछि उनको मृत्यू भएको थियो ।

ट्याक्सी चालक ३७ वर्षीय दिपकले मनालीदेखि कुल्लुसम्म लैजाने सहमति बेगर अर्कै ठाँउमा लग्यो । र आफू उनी बसेको ट्यक्सीको क्याबमा जबरजस्ती घुस्यो । पीडितले प्रहरीलाई भनिन्, ‘उसले मलाई सामूहिक बलात्कार गर्ने धम्की दियो । जसले मृत्यूसम्म हुनसक्ने खतरा देखेर म डराएँ र केहि गर्न सकिन ।’

ट्याक्सी चालक दिपकलाई गत शुक्रबार पक्राउ गरिएको छ । कुल्लु जिल्ला प्रहरी प्रमुख सालिनी अग्निहोत्रीले भनिन्, ‘पीडितलाई अभियुक्तका बारेमा केहि पनि थाहा छैन । ट्याक्सी नम्बर तथा मोडल केहि पनि थाहा छैन् । धेरै केरकार पछि हमीलाई कारमा जोडिएको म्युजिक सिस्टमका बारेका एउटा संकेत मिल्यो । र उनीहरु रोकिएको एक रेस्टुरेन्टको पनि पहिचान भयो जो मनालीदेखि कुल्लु जाने राजमार्गमा थियो । यिनै दुई प्रमाणहरुले हामीलाई अभियुक्तसम्म पुग्न मद्दत गर्यो ।’

स्रोत : टाईम्स अफ ईन्डिया

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: