समलिंगी, तेस्रोलिंगीलाई विवाहको हक हुनुपर्ने माग


प्रकाशित मिति :2018-06-06 15:54:43

–महिला खबर–

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले समलिंगी, तेस्रोलिंगीको पहिचान स्थापनाका आफू लागिपर्ने बताएकी छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज काठमाडौंम आयोजना गरेको ‘यौनिक तथा अल्पसंख्यकहरुको वर्तमान अवस्था, समस्या तथा चुनौती’ विषय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले भनिन्, ‘सबै नागरिकलाई आफ्नो पहिचानसहित आत्मसम्मानका साथ बाच्न पाउने अधिकार छ ।’

मन्त्री थापाले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान रहेको भन्दै संविधानको मूल मर्म अनुसार ऐन कानुन निर्माण गर्न सम्बन्धीत पक्षले काम गर्नुपर्छ भनिन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यौनिक तथा अल्पसंख्यकहरुलाई वेवास्ता नगरेको जिकिर गर्दै मन्त्री थापाले यी समुदायको हक हित सुरक्षित गर्ने सम्बन्धमा मन्त्रालयले छलफल गरिरहेको बताइन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव ङइन्द्र प्रसाद उपाध्यायले यौनिक तथा अल्पसंख्यकहरुको विषयमा ऐन कानुन बनाउदा यो विषयमा जानकार व्यक्तिबाट बनाइनु पर्ने बताए ।

वरिष्ठ पत्रकार वविता बस्नेतले यौनिक तथा अल्पसंख्यकहरुका सवाललाई हरेक समावेशी आन्दोलनले उठाउनु पर्ने बताइन् ।
संचारिका समूहकी अध्यक्ष निर्मला शर्माले यौनिक तथा अल्पसंख्यकका विषयमा बोल्दा कतै आफूलाई पनि समलिंगी, तेस्रोलिंगीको आरोप लाग्छ कि भन्ने डरले यो विषयमा अधिकारकर्मी समेत बोल्न हिच्किचाउने गरेको बताइन् ।

समलिंगी, तेस्रोलिंगीको पक्षमा काम गर्दै आइरहेको संस्था निल हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले आफूहरुलाई विवाहको अधिकार हुनुपर्ने बताइन् ।

समलिंगी, तेस्रोलिंगीहरु वर्षौदेखि विवाह गरेर आफ्नो जोडीसँग बस्दै आइरहेका भए पनि उनीहरुले कानुनी रुपमा विवाहको अधिकार नपाउदा अनेक समस्या भोग्नु परेको बताइन् ।

समलिंगी, तेस्रोलिंगीलाई कानुनी रुपमा विवाहको अधिकार नहुँदा उनीहरु विपरितलिंगीसँग विवाह गर्न बाध्य भइरहेको र त्यसका असर विपरितलिंगीलाई पनि परिरहेको गुरुङ्ले बताइन् ।

अधिकारकर्मी बद्री पुनले समलिंगी, तेस्रोलिंगीलाई विवाह गर्ने, धर्मपुत्र\धर्मपुत्री राख्न पाउने अधिकार हुने हो भने सडकमा कष्टपूर्ण जीवन बिताइरहेका बालबालिकाले आश्रय पाउने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: