टंकप्रसाद–रमादेवी पुरस्कार देविकालाई


प्रकाशित मिति :2018-06-06 16:37:08

–महिला खबर–

ललितपुर । क्रियाशील पत्रकार देविका घर्ती मगरले पाँचसय अमेरिकी डलर बराबरको नगद र सम्मानपत्रसहित यस वर्षको टंकप्रसाद–रमादेवी पुरस्कार पाउने भएकी छन् ।

देविका घर्तीमगर

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को महिला उपाध्यक्ष देविका २०६३ सालदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील छन् । एक दशक बढी मोफसलमा रहेर पत्रकारिता गरेकी उनी हाल थाहाखबर डटकम काठमाडौंमा कार्यरत छन् ।

हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिकाले पत्रकारिता तथा संगीत विधाबाट पुरस्कृत हुनेहरुको नाम सार्वजनिक गर्दै देविकालाई यो पुरस्कार प्रद्यान गरिन लागेको जनाएको हो ।

फाउण्डेशनले गठन गरेको पुरस्कार छनौट समितिले मंगलवार सन् २०१८ मा पुरस्कृत हुने पत्रकारिता तथा संगीत पुरस्कारको घोषणा गरेको हो ।

अमेरिकाको टेक्ससमा रहेको हेम–सरिताफाउण्डेसनले हरेक वर्ष प्रदान गर्ने पत्रकारिता र संगित पुरस्कार अन्तर्गत यस वर्ष टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई पुरस्कृत गरिने भएको छ । पुरस्कारको रकम सम्मानपत्र सहित दुई हजार अमेरिकी डलर छ ।

यसैगरी सम्मानपत्र र पाँचसय अमेरिकी डलर बराबरको टंकप्रसाद–रमादेवी साधना पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्वमहासचिव तथा कञ्चनजंघा एफएम झापाका पत्रकार चन्द्र भण्डारीलाई पुरस्कृत गरिने भएको छ ।

यस वर्षको हेम–सरितासंगीत पुरस्कार बरिष्ठ कलाकार जे वी टुहूरेलाई गरिने भएको छ । पुरस्कारको रकम सम्मानपत्र सहित एक हजार अमेरिकी डलरसहित रहेको छ ।

पत्रकारिता पुरस्कार छनौटका निम्ती नेपाल प्रेस इन्ष्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाको संयोजकत्वमा जिवेन्द्र सिंखडा तथा फाउण्डेसनका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो। संगीत पुरस्कारका छनौटका निम्ती प्रेमराजा महतको संयोजकत्वमा तीर्थ कोइराला, जिवेन्द्र सिंखडा र फाउण्डेसनका प्रतिनिधि रहेको समिति गठन गरिएको थियो । घोषणा गरिएका पुरस्कार यसै वर्षको हिउँदमा काठमाडौंमा प्रदान गरिने छ ।

अमेरिकामा रहेर व्यापार व्यवसायमा संलग्न हेम पाठक र सरिता पाठकले स्थापना गरेको हेम–सरिता फाउण्डेसनले काठमाडौंको उत्तरी क्षेत्रमा रहेको घुमारचोकस्थित उग्रतारा माध्यमिक विद्यालयको भवन निर्माणमा सहयोग गरी कक्षा आठदेखि दशसम्म निजी खर्चमा सञ्चालन गर्दै आएको छ ।

सोही क्षेत्रमा विपन्नहरुका लागि दशवटा आवास पनि निर्माण एवं जीविकोपार्जनका लागि कोष खडा गरी सामाजिक काम समेत फाउण्डेशनले गर्दै आएको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: