साउदी महिलाले पाए सवारी चलाउने अनुमति


प्रकाशित मिति :2018-06-07 11:30:53

ललितपुर । साउदी सरकारले महिलाहरु माथि सवारी चलाउन लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । यसका साथै महिलाहरुले प्रयोग गरेका विदेशी सवारी चालक अनुमति पत्रको साटो साउदी सरकारले स्वदेशी प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

साउदी अरबले एक हप्ता अघि मात्रै महिलाहरुलाई सवारी चालक अनुमतिपत्र दिने निर्णय गरेको हो । साउदीका ट्राफिक प्रहरी प्रमुखले साउदी प्रेस एजेन्सीलाई भने अनुसार गत सोमबार मात्रै सरकारले महिलाहरुले अन्य देशमा प्रप्त गरेका सवारी चालक अनुमतिपत्रलाई मान्यता दिनुका साथै साउदी सवारी चालक अनुमति पत्र दिने निर्णय गरेको छ ।

हालसम्म दश जना महिलाहरुले सवारी चालक अनुमति पत्र प्राप्त गरिसकेको सरकारी अधिकारीले जनाएका छन् ।

सवारी चालक अनुमतिपत्र विनिमय गर्ने सुबिधा साउदी सरकारले देशभरि धेरै ठाँउहरुमा दिएको छ । जसलाई जुन १४ देखि कार्य सञ्चालन गर्नेगरि स्थापना गरिको एक सरकारी अधिकारीले जानकारी दिए । सुचना मन्त्रालयका अनुसार आगामी हप्तामा महिलाहरुलाई करिब २ हजार सवारी चालक अनुमति पत्र वितरण गरिने अनुमान गरिएको छ ।

पहिलो पटक सवारी साधन प्राप्त गर्ने रियादकी महिलाले सामाजिक सञ्जालमा भिडियो समेत अपलोड गरेकी छन् । साउदी अरब महिला अधिकारमा प्रतिबन्ध लगाउने देशहरु मध्ये सबैभन्दा अगाडि छ ।

सन् २०१७ सेप्टेम्बरमा साउदीका बादशाह सलमान बिन अब्दुलाजिज अल साउदले स्लामीक कानुन अनुसार महिलाहरुले सवारी साधन चलाउन पाउनु पर्ने जिकिर गर्र्दै सदियौंदेखि स्थापित कानुनका विपरित शाही घोषणा पत्रमा हस्ताक्षर गरेका थिए । शाही घोषणा हुनुपूर्व साउदी अरब मात्र एउटा मुलुक थियो जसले महिलालाई सवारी साधन चलाउन प्रतिबन्ध गरेको थियो ।

गत महिना, उल्लेख्य संख्यामा महिला अधिकारकर्मीहरुले महिलाले पनि सवारी साधन चलाउन पाउनुपर्ने माग राखेर आन्दोलन गर्दा सरकारले पक्राउ गरि राष्ट्रिय सुरक्षामा खलल् पूर्याएको आरोपमा थुनामा राखेको थियो । यदि अभियोग प्रमाणित भएको भए तिनीहरुले २० वर्षसम्म कारागार बस्नुपर्ने थियो ।

स्रोत : अलजजिरा

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: