धार्मिक गुरु संगठित, बालविवाह नगर्ने प्रतिवद्धता


प्रकाशित मिति :2018-06-07 11:59:42

–कृञ्जला पुलामी–

सिन्धुली । बालविवाह न्यूनिकरणका लागि सिन्धुलीका धर्म गुरुहरूले आ–आफ्नो धर्मको माध्यमबाट जनचेतना फैल्याउने भएका छन् । समाजमा व्याप्त रहेको बालविवाह अन्त्यका लागि अब कुनै पनि बालविवाहमा आफूहरू सहभागी नहुने प्रतिवद्धता उनीहरूले गरेका छन् ।

बुधवार सम्पन्न स्थानीय धार्मिक गुरुहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरूले बालविवाहका कारण सबैभन्दा बढी महिलाहरूलाई हानी भएको र त्यसले समाज विकासमा अवरोध सृजना गरिरहेको भन्दै अबदेखि बालविवाहमा आफूूहरू सहभागी नहुने प्रतिवद्धता जनाए । उनीहरूले अबदेखि विवाह गराइदिन र साइत हेर्न आउनेहरूलाई समेत उमेर सोधेर मात्रै विवाहमा सहभागी हुने बताए ।

पुरोहित दुुर्गाहरी न्यौपानेले बालविवाहलाई कुनै पनि धर्मले मान्यता नदिएको बताए ।

दुधौली नगरपालिकाको वडा नं. २ हत्पतेमा भएको कार्यक्रममा विभिन्न धर्मका पुरोहित, विवाह गराइदिने काममा संलग्न लमीलगायत धामीहरूको समेत सहभागिता रहेको थियो ।

धर्म गुरु संगठित

यसैबिच जिल्लामा कुरीति अन्त्यका लागि भन्दै सिन्धुलीका धर्म गुरु संगठित भएका छन् । परम्परा, संस्कार वा चालचलनका नाममा हुने लैंगिक, सामाजिक, सांस्कृतिक विभेदहरूको अन्त्यका लागि उनीहरू संगठित भएका हुन् ।

हिन्दु धर्मगुरु नारायण बरालले धर्मको नाममा मानिसहरूले विभिन्न कुरीतिलाई प्रोत्साहन गरिरहेको भन्दै सामाजिक जागरणका कामको सुरुआत गरेको बताए ।

अन्धविश्वास र रुढिवादी परम्परालाई चिर्नका लागि आफूहरू संगठित भएको उनको भनाइ छ ।

‘धर्मका नाममा बालविवाह, तीजमा पानी नखाइ भोकभोकै व्रत बस्ने र श्रीमानको खुट्टाको पानी खानुपर्छ भन्ने कुनै पनि शास्त्रमा लेखिएको छैन’ उनले भने, ‘यस्ता कुराहरूलाई बढवा दिनुहुँदैन भनेर सम्झाई बुझाई गरिरहेका छौँ ।’

महिनावारी स्वभाविक शारीरिक प्रक्रिया भए पनि जनचेतनाको कमीले परम्परादेखि नै बार्दै आइएको भन्दै अहिलेको पुस्ताले यसलाई निरन्तरता दिन उचित नभएको उनले बताए । ‘बरु यो बेलामा महिलाले आफ्नो स्वास्थ्य र सरसफाइमा उचित हेरचाह र ध्यान दिनुपर्छ । अशुद्ध भएको भनि विभेद गर्न पाइदैन’ उनले भने ।

बौद्ध धर्म गुरु गणेश लामाका अनुसार महिनावारी प्रथा बौद्ध धर्मावलम्वीले बार्दैनन् । उनले भने, ‘महिनावारी भएका महिलाहरूले बार्नुपर्छ भन्ने हाम्रो धर्ममा लेखिएको छैन । बार्दा पनि बार्दैनन् । हामी अरुलाई पनि नर्बानुस् भन्छौ । महिनावारी नबार्दा हाम्रा छोरी चेलीलाई अहिलेसम्म केही भएको छैन ।’

क्रश्चियन धर्मगुरु टोमनाथ उपाध्यायले बालविवाह, महिनावारी बार्ने, महिला भएकै कारण चुलाचौकामा सिमित हुनुपर्ने, तीजमा निराहार व्रत बस्नुपर्नेलगायतका रुढिवादी कुसंस्कारलाई हटाउन आफूहरू लागि परेको बताए । उनले भने, क्रिश्चियन धर्ममा महिनावारी भएको बेला चर्जमा आउनु हुँदैन, छुन हुँदैन भन्ने पनि छैन । प्राकृतिक नियम भएकाले छोएर अशुद्ध, अपवित्र हुने कुरा यथार्थ नभएको उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: