बोक्सी आरोपमा छोराबाट आमा घर निकाला


प्रकाशित मिति :2018-06-08 11:19:05

– यमुना खनाल –

सिराहा । सिराहाको कर्जन्हा नगरपालिका–७ की ८० वर्षीया बृद्धा खजनीदेवी कारकलाई उनका परिवारले कथित बोक्सीको आरोप लगाई घरबाट निकाला गरेका छन् ।

पीडित बृद्धालाई उनका ६ भाइ छोरा, बुहारीहरूले कथित बोक्सी आरोप लगाएर एक वर्षदेखि घरबाट अलग झुपडी बनाई राखेका हुन् । १० वर्षअघि पतिको मृत्यू भएपछि छोराहरूले आमालाई पालैपालो आफ्नो घरमा राखेर पाल्दै आएका थिए ।

कथित बाेक्सी अाराेपमा घर निकाला भएकी खजनीदेवी । तस्वीर साभार : अनलाइनखबर 

सौतापट्टीका जेठो छोरा ७० वर्षीय धर्मनाथ कारककी बुहारीको १० वर्ष अगाडि उपचारमा लग्ने क्रममा मृत्यु भएको थियो । धर्मनाथको पत्नीको मृत्यु, खजनीको आफ्नै ६० वर्षीय छोरा रामपुकार कारककी बुहारीको मृत्यू भएको थियो । अर्का छोरा ५६ वर्षीय शिवजी कारकको पत्नीलाई भुत लाग्ने गरेको र सबै घटना आमाकै कारण भएको भनेर नेपाल र भारतका नाम चलेका धामीहरूले भनेपछि गाउँमै छुट्टै झुपडी बनाई राखेको धर्मनाथ कारकले आरोप लगाए ।

पीडितलाई छोराहरूले आफ्नो घर, परिवारमा आउन दिँदैनन् भने कसैसँग बोल्न र कतै घुम्न पनि जान दिँदैनन् । पीडित बृद्धाले मर्ने उमेरमा छोरा, बुहारी नाति नातिनासँग बसेर गफ गर्ने रहर भएपनि परिवार र समाजले आफूलाई बहिष्कार गरेको हुनाले अधिकारकर्मीहरूसँग घरमै स्थापित गराइदिन आग्रह गरेकी छन् ।

घटनाको जानकारी पाएर इन्सेक र मानव अधिकार संरक्षण केन्द्र सञ्जालले जेठ २३ गते घटनाको बारेमा स्थलगत अनुगमन गरेका छन् । सञ्जालका संयोजक सुनिलकुमार साहले घटना अमानवीय भएकाले तुरून्त पीडितलाई परिवारमा स्थापित नगराए कारबाही प्रकृयाको लागि सञ्जालले पहल गर्ने बताए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपक खड्काले घटनाको अनुसन्धान गरी आवश्यक कारबाही प्रकृया अगाडि बढाउने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: