महिला हिंसा रोक्न ‘हेलो सिएम टोल फ्रि’


प्रकाशित मिति :2018-06-08 15:48:30

–महिला खबर–

ललितपुर । प्रदेश नम्बर २ मा घरेलु हिंसा, छेडखानी एवं बलात्कार जस्ता अपराधलाई दुरुत्साहित गर्न कडाईका साथ सुरक्षा व्यवस्था लागू गरिने भएको छ । यसका लागि ‘हेलो सिएम टोल फ्री’ नम्बर उपलब्ध गराइने भएको हो ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बिहीबार आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बेचविखनमा परेका महिलाहरुको उद्दार एवं पुनस्र्थापना गर्नका लागि महिला बेचविखन तथा पुनस्र्थापना कोष स्थापना गरिने बताए ।

यस्तै सरकारको नीति तथा कार्यक्रममा एकल महिलाहरुलाई आवश्यक व्यवसाय सञ्चालन गर्न एकल महिला सुरक्षा कोषको स्थापना गरिने लगायतका विषयलाई समेटिएको छ ।

समाजमा विधमान दहेज प्रथा, छुवाछुत, बालविवाह जस्ता सामाजिक कुरीतिलाई उन्मूलन गर्न जनचेतनाको कार्यक्रम सञ्चालन अभियानको रुपमा लैजाने भएको छ ।

यस्तै आवश्यकता अनुसार भौतिक निर्माणलाई अपाङ्ग मैत्री बनाउन आवश्यक पहल गरिने, अपाङ्ग भएका व्यक्तिहरुलाई सार्वजनिक यातायातमा सिट उपलव्ध हुने व्यवस्था मिलाइने सरकारको नीति तथा कार्यक्रममा राखिएको छ ।

प्रत्येक स्थानीय तहमा एक ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरी ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य सेवा, मनोरञ्जनात्मक क्रियाकलापसहितको कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा राखिएको छ ।

यस्तै अतिविपन्न, अपाङ्गता भएका व्यक्तिहरु, जेष्ठ नागरिक, सडक बालबालिका र सीमान्तकृत वर्गका लागि सुरक्षित, किफायती र वातावरण मैत्री एकीकृत आवासको व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

महिलाहरुको स्वास्थ्य स्थितिमा सुधार ल्याउन सुरक्षित मातृत्व कार्यक्रमलाई विशेष प्राथमिकता दिइनेछ । साथैँ गुणस्तरीय प्रसूती सेवा प्रदान गर्न स्थानीय तहहरुसँग समन्वय गरी प्रत्येक गाउँमा वर्थिङ् सेन्टर स्थापना गरिने उल्लेख गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: