सगरमाथा आरोहणले बढाएकाे आत्मविश्वास


प्रकाशित मिति :2018-06-10 12:52:12

–सर्मिला बुढाथोकी–

दोलखा । भर्खरै सगरमाथाको सफल आरोहण गरेकी छोकी शेर्पाले सगरमाथा चढेर बटुलेको आत्मविश्वासलाई महिला शसक्तिकरणमा प्रयोग गर्ने बताएकी छन् ।

दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ९ सिमिगाउँकी छोकीले सगरमाथा आरोहणपछि आफ्नो मनोबल बढेको भन्दै यो उच्च मनोबललाई महिला शसक्तिकरण र समाजको विकासको लागि प्रयोग गर्ने बताएकी हुन् । ‘मेरो मनोबल समगरमाथाको चुचुरो जस्तै उच्च बनेको छ । यसलाई सही ठाउँमा प्रयोग गर्छु ।’

२०७५ जेठ २ गते मध्यान्न १२ बजेर १५ मिनेट जाँदा छोकीले जीवनकै सबैभन्दा ठूलो सफलता र खुशी प्राप्त गर्न सकिन् । किनभने त्यो दिन, त्यो समय उनले २०\२२ वर्ष अघिदेखि देखेको सगरमाथाको चुचुरो चुम्ने सपना पुरा भएको थियो ।

सगरमाथा आरोहणको अनुभूति सुनाउँदै गर्दा छोकी निक्कै रोमाञ्चित भएकी थिइन् । ‘त्यो खुशी म अहिले बयान गर्नै सक्दिन’ छोकीले भनिन्, ‘सगरमाथाको चुचुरोमा पुग्दा अन्य हिमश्रृङ्खलाहरु साना देखिने । आकाश नजिकै हातैले छुईए जस्तै हुने । खै म त केहि बयान गर्नै सक्दिन ।’

माध्यामिक तहको अध्ययन सकेर पाँच वर्ष कोरिया बस्दा उनको सगरमाथाको चुचुरा चुम्ने सपना झन् बलियो बन्दै गएको थियो । त्यो अवधिमा छोकीले सगरमाथाको चुचुरामा बुद्धको झण्डा र बुद्धको मूर्ति समेत पु¥याएर बुद्ध नेपालमै जन्मिएका हुन् भनेर सन्देश दिने प्रतिज्ञा समेत गरेको स्मरण गरिन् ।

कोरिया बसाईको क्रममा धेरै कोरियनहरुले नेपाल छुट्टै देश हो भन्ने समेत थाहा नपाएको र बुद्ध भारतमा जन्मिएको भनेर भ्रम पालिरहेकोले आफूले सगरमाथाको चुचुरामा पुगेर बुद्ध नेपालमा जन्मिएका हुन् भनेर विश्वलाई सन्देश दिन चाहेको र त्यो सपना पुरा भएको उनले बताईन् ।

आफ्नो यो सपना पुरा गर्न भने निक्कै कष्ट भोग्नु परेको छोकीले बताइन् । पहिलो कुरा त सगरमाथा आरोहण गर्न झण्डै २५ लाख खर्च लाग्ने भएकोले त्यसको जोहो गर्न मलाई निक्कै मुश्किल भयो छोकीले भनिन्, ‘बल्ल तल्ल खर्च व्यवस्थापन गरेर आरोहणमा जाँदा शारीरिक रुपमा समेत कष्ट भोग्नु प¥यो ।’ तर आरोहणको क्रममा आरोहण टिमले महिला र पुरुषमा विभेद नगर्ने भएकोले आफूलाई सहज भएको उनको भनाइ छ ।

‘सगरमाथामा महिला र पुरुष बीच कुनै विभेद हुँदैन रहेछ छोकीले भनिन्, यो कुरा अन्य क्षेत्रमा समेत अनुकरण गरिनु पर्छ ।’ आरोहणको क्रममा क्याम्प ३ बाट माथि जाँदा मौसमको कारण फर्कनु परेको र सो क्रममा झण्डै २ सय मीटर तल खसेर समेत बाँच्न सकेको घटना उनको जीवनकै कहाली लाग्दो र अविस्मरणीय घटना भएको उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: