बोक्सी आरोप लगाउने छोराहरुले माफी मागे, वृद्धा घर फर्किइन्


समाचार प्रभाव

प्रकाशित मिति :2018-06-10 14:11:35

– यमुना खनाल –

सिराहा । बोक्सी आरोपमा आफ्नै छोराहरुबाट घर निकालिएकी सिराहा कर्जन्हा नगरपालिका ७ की ८० वर्षीया वृद्धा खजनीदेवी कारकलाई आफ्नै फर्किएकी छिन् ।

उनका छोराहरुले अन्धविश्वासका कारण गल्ती भएको आईन्दा बोक्सी आरोप नलगाउने भन्दै छोराहरुले गल्ती स्वीकारेपछि उनी घर फर्किएकी हुन् ।

परिवारकाे साथमा खजनीदेवी

आफ्नै छ भाई छोराले बोक्सी आरोप लगाएर घर निकाला गरेको समाचार महिला खबर लगायतका संचार माध्यममा आएपछि प्रहरीले ६ भाई छोराहरुलाई नै प्रहरीमा झिकाएको थियो ।

बोक्सी आरोप लाउनेलाई कारबाही हुने कुरा थाहा पाएपछि उनीहरुले ‘आमालाई हामी लालनपालन र औषधी उपचार सबै गर्छौं, सँगै राख्छौं ।’ भनेपछि वृद्धा आमाले छोराको कारण नभई आफु राजी खुशीले बाहिर बसेको प्रहरीलाई बताएकी थिईन् ।

छोरा बुहारी नाती नातिनीसँग बस्न पाए सबैभन्दा ठूलो खुसी मिल्ने, छोरा बुहारीले आमा भनेर बोलाईदिए मात्र पुग्ने वृद्धाको भनाई थियो ।
उनले छोराहरुले आफुलाई दुव्र्यवहार नगरेको डाक्टरको सल्लाह अनुसार राजी खुशीले बाहिर बसेको बताईन् ।

एक वर्षदेखि पारिवारिक अवहेलना र दुव्र्यवहारका कारण ८० वर्षीया आमालाई घर भन्दा बाहिर एक्लै बस्न बाध्य पार्ने छोरा, नाति र बुहारीहरूले गल्ती स्वीकार गरी आमालाई स्याहार सुसार गरेर घरमा परिवारको साथमा राख्ने प्रतिबद्धता गरेका छन् ।

ईलाका प्रहरी कार्यलय मिर्चैयाका डीएसपी दिपक खड्काले आफुहरुले दुई तीन चरणमा अनुसन्धान गर्दा बोक्सी आरोप लगाएर निकालेको कतैबाट नखुलेको बताए ।

वृद्धाले एउटा छोराले मात्र आफुलाई पालेको सबै छोराले आफुलाई हेरुन भन्ने ईच्छा भएको बताएपछि प्रहरी कार्यलयमा उनका छोराहरु र स्थानीय सहित छलफल गरी सहमति भएको डिएसपी खड्काले बताए ।

उनका अनुसार छ भाई छोराहरुले आमालाई दुई/दुई महिना छोराछोरी, नातिनातिनीसँगै परिवारमा राख्ने, औषधी उपचार गर्ने , लुगा कपडा दिने सहमति पछि उनी परिवारसँगै घर फर्किएकी हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: