निःशुल्क उपचार लिन जादैंनन् हिंसा पीडित महिला


प्रकाशित मिति :2018-06-10 15:39:39

–सन्दिप विक–
ललितपुर । घरेलु हिंसाका घटना दिन प्रतिदिन बढ्दो छ । महिलाहरु श्रीमान, घरपरिवार र समाजबाट हिंसामा परेका छन् ।

यस्ता लैंङ्गिक हिंसा पीडित महिला, अति गरिब, असहाय, अपाङ्ग, बालश्रमिक लगायतलाई स्वास्थ्य सेवामा निःशुल्क, तथा आंशिक छुट दिन भन्दै सरकारले विभिन्न सरकारी तथा निजी अस्पतालमा लक्षित वर्गका लागि सामाजिक सेवा इकाई सञ्चालन गरेको छ ।

यस्ता इकाई मार्फत जेष्ठ नागरिक, अपाङ्गता भएका, असहाय, लैगिक हिंसामा परेका, सहिद परिवार र प्राकृतिक प्रकोपमा परेका परिवारका लागि आंशिक वा पूर्ण निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छ । तर, काठमाडौंस्थित वीर अस्पतालमा रहेको सामाजिक सेवा इकाईमा सेवा लिने लैंगिक हिंसा पीडित महिला एकलमै न्यून छन् ।

अस्पतालको सामाजिक इकाईको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७४/७५ मा अस्पतालबाट दुई जना हिंसा पीडित महिलाले मात्र सेवा लिएका छन् । यसअघि आर्थिक वर्ष २०७३/७४ मा तीन जना मात्र हिंसा पीडित महिलाले सेवा लिएका थिए ।

प्रहरीमा पर्ने घरेलु हिंसाको तथ्यांक भने बढ्दो छ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/७४ मा ११ हजार ६ सय २९ वटा घरेलु हिंसाका घटना उजुरी परेका थिए । जुन ०७२/७३ मा भन्दा दुई हजार २ सय ३१ ले बढी हो ।

महानगरीय प्रहरी परिसर काठमाडौं अन्तरगत महिला तथा बालबालिका सेवा कालिमाटीका अनुसार काठमाडौंमा आव २०७४/७५ को तथ्यांकलाई हेर्दा साउन महिनामा १ सय २० वटा उजुरी परेका थिए । यस्तै भदौमा ८८ वटा, असोजमा ६५, कार्तिकमा ८९, मंसिरमा ६३ वटा पुसमा ६८, माघमा ७६ वटा घुरेलु हिंसाका हिंसाका उजुरी आएका थिए ।

वीर अस्पतालको सामाजिक सेवा इकाइका सहजकर्ता सम्झना लामिछाने फुँयाल भन्छिन्, ‘लैंगिक हिंसा पीडित महिला त हुन्छन् । म हिंसामा परेको हो भनेर भन्न सक्दैन् । हिंसा पीडित महिला प्रमाण छ भन्ने कम मात्रै हुन्छन् । उहाँहरु राम्ररी खुलेर पनि बोल्नु हुँदैन् । प्रमाण नभएपछि प्रायः गरिबमा नाम भर्छन् ।’

सामाजिक इकाईमा सेवा लिने महिला कम

इकाईको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७४/७५ मा २ हजार ८ सय ६५ महिलाले सेवा लिएका छन् । जुन पुरुषको तुलनामा एक हजार ९ जनाले कमी हो ।

अस्पतालबाट निःशुल्क तथा आंशिक सेवा लिने पुरुष तीन हजार ८ सय ७४ जना रहेका छन् । सामाजिक इकाईबाट वार्षिक ८१ लाख ४७ हजार ३ सय ३८ रुपैयाँ बराबरको उपचारमा छुट दिने व्यवस्था छ । यो व्यवस्था गरिब तथा विपन्न वर्गका व्यक्तिको लागि हो ।

यस्तै गत आर्थिक वर्ष २०७३/७४ मा इकाईबाट ५ हजार ७ सय ६३ महिलाले सेवा लिएका थिए भने सेवा लिने पुरुषमा ५ हजार ७ सय ६३ थिए । सो आर्थिक वर्षमा इकाइले महिला पुरुष गरी एक करोड ७२ लाख ९१ हजार ३ सय ४५ रुपैयाँ बराबरको छुट दिएको थियो ।

इकाईबाट निःशुल्क र आंशिक सेवा लिनेमा ब्रामण क्षेत्रीका महिला बढी रहेका छन् । इकाईका अनुसार चालु आर्थिक वर्षमा एक हजार ४ सय ३ जना महिलाले सो सेवा लिएका छन् ।

यस्तै निःशुल्क तथा आंशिक सेवा लिनेमा ९ सय ७२ जना पहाडका जनजाति महिला, दलित महिलामा २ सय ४६, मधेशी महिलामा १ सय ३३, मुस्लिममा १४, तराई दलित महिलामा ४ र अन्य ७१ महिला छन् ।

आव २०७३/७४ मा सेवा लिने ब्राम्हण, क्षेत्री महिलामा २ हजार ८ सय २९ जना रहेका थिए । यस्तै पहाडका जनजातिमा १ हजार ८ सय ३३, पहाडि दलित महिलामा ५ सय ५६, तराई जनजाति महिलामा १ सय १६, मधेशि महिलामा २ सय ९६, मुस्लिम महिलामा २७, तराई दलित महिलामा १६ र अन्य महिलामा ८९ जना थिए ।

सक्दो सहयोग गर्छाैं : इकाईका प्रमुख पनेरु

इकाई प्रमुख टिकाराम पनेरु भन्छन्, ‘इकाईले अस्पतालमा आएका अति गरिब, गरिब, भिखारी, दीन दुुखी, असाहय अपाङ्ग, जेष्ठ नागरिक, १५ वर्ष मुनिका नाबालक, लैङ्गिक हिंसा पीडित महिला, पुरुष तथा बालश्रमिक, महिला स्वयम सेविकाहरु, एकल विधुवा महिला, जन आन्दोलनमा घाइते, बेबासिर, सडक बाल बालिका, टुहुरा लगायतलाई इकाईले निःशुल्क तथा आंशिक छुट गर्दै आएका छौं ।’

आफूहरुले प्रायः अस्पतालबाट हुने सेवाहरु निःशुल्क गर्न गर्ने गरेको पनेरु बताउँछन् । उनी भन्छन्, ‘हिंसा पीडित भन्ने केही प्रमाणहरु ल्याएमा हामी त्यस्ता पीडितको निःशुल्क उपचारमा सहयोग गर्न सक्छौ ।’

तर यसबारेमा त्यस्ता पीडितहरुलाई राम्रोसँग जानकारी नहुँदा कतिपय जिल्लामा गरीब, विपन्न बिरामीहरु औषधी उपचारबाट बञ्चित हुने गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: