ब्लड क्यान्सर भएकी बालिकाको उपचारमा सहयोगको अपिल


प्रकाशित मिति :2018-06-11 11:49:58

– महिला खबर –

चितवन । ब्लड क्यान्सर भएर भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बालिकाको उपचारको लागि परिवारले सहयोगको याचना गरेका छन् ।

चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ माधवपुर घर भएकी ८ वर्षीया बालिका शिरिषा लामिछानेलाई ब्लड क्यान्सर देखिएपछि विगत तीन हप्तादेखि उनको नियमित उपचार भइरहेको छ ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण बालिकाको उपचार खर्च जुटाउन नसकेर पत्रकार सम्मेलन गर्दै उनका बाबु नारायण लामिछानेले आर्थिक सहयोग गर्न आग्रह हुन् ।

बालिकाको उपचारको लागि हालसम्म चार लाख रुपैयाँ खर्च भइसकेको छ । अझै कम्तीमा पनि २५ लाख रुपैयाँ खर्च हुने चिकिसत्कहरुको भनाइ रहेको लामिछानेले जानकारी दिए ।

शिरिषाको उपचारको लागि सामाजिक सञ्जाल फेसबुक मार्फत समेत शिरिषा लामिछाने बचाउ अभियान सुरु गरेको स्थानीय युवा सन्दिप भट्टले बताए । उक्त अभियानबाट हालसम्म ५० हजार रुपैयाँ संकलन भइसकेको भट्टले जानकारी दिए ।

शिरिषाको उपचारको लागि हिमालयन बैंक लिमिटेडको नारायणगढ शाखामा रहेको शिरिषा लामिछानेको खाता नम्बर ००८०७३५३५६००१९ मा आर्थिक सहयोग गरिदिन समेत परिवारले आग्रह गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: