हिंसाको मुख्य कारण मादक पदार्थ


प्रकाशित मिति :2018-06-14 17:11:55

-महिला खबर-

ललितपुर । जिल्ला प्रहरी कार्यालय कास्कीमा आएका अधिकांश घरेलु हिंसामा मिलापत्र भएको पाइएको छ । महिला तथा बालबालिका केन्द्र कास्कीका अनुसार चालु आ.व २०७४/०७५ को १० महिना वैशाखसम्म केन्द्रमा महिला हिंसाका तीन सय १५ निवेदन परेका छन् ।

जसमध्ये एक सय ६६ वटा उजुरीमा मिलापत्र गरिएको छ । ८९ उजुरीलाई जिल्ला अदालतमा पठाइएको छ भने बाँकी ६० उजुरी अझै पनि विचाराधीन अवस्थामा छन् ।

आर्थिक वर्ष २०७२/०७३ मा झै–झगडा सम्बन्धी १ सय ५७ उजुरी परेका थिए । त्यसमध्ये १ सय २० उजुरी मिलापत्र र १४ उजुरी अदालतमा पठाइएको थियो । आर्थिक वर्ष २०७३/०७४ मा भने उजुरीको संख्यामा कमी आएको केन्द्रले जनाएको छ ।

यस वर्ष १ सय ४५ उजुरी परेकोमा १ सय २१ उजुरी मिलापत्र तथा २ उजुरीलाई छिनोफानोका लागि अदालत पठाइएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

मुख्य कारण मादक पदार्थ सेवन

घरेलु हिंसाका घटनाको मुख्य कारणमा अधिकांश पुरुषले मादक पदार्थ सेवन गरेर महिलालाई मानसिक तथा शारीरिक यातना दिने गरेका पाइएको छ ।

महिला तथा बालबालिका केन्द्र कास्कीकी प्रमुख इन्सपेक्टर चन्द्राकुमारी गुरुङ भन्छिन्, ‘अघिल्लो २ वर्षको भन्दा यो वर्ष घरेलु हिंसाका घटना बढ्दो छ ।’

श्रीमानले मादक पदार्थ सेवन गरि यातना दिन थालेपछि श्रीमानकाविरुद्ध उजुरी दिने गरेको उनी बताउँछिन् । उनका अनसार पुरुषले महिलामाथि मदिरा सेवनको नाममा कुटपिटलगायत मानसिक यातना दिने गरेका छन् ।

उजुरी गर्ने महिलाको उमेर

केन्द्रमा उजुरी गर्न आउनेमा अधिकांश २५ देखि ४० वर्ष उमेर समूहका महिला छन् । उजुरी दिने केही महिलाहरु भने सम्पर्कविहीन हुने गरेका छन् । केन्द्रकी इन्सपेक्टर गुरुङका अनुसार पहिले झगडा गरेर आवेशमा आउने र उजुरी दिने तर पछि सम्पर्कमा नआउने गरेका छन् ।
चालु आर्थिक वर्षमा घरमा हुने महिला हिंसा सम्बन्धी उजुरी दिएकामध्ये ६० जना र महिला झै–झगडामा उजुरी दिएकामध्ये ४९ जना सम्पर्कबाहिर रहेको केन्द्रले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: